सिमकोटमा विपद् व्यवस्थापन अभ्यास गर्दै सुरक्षाकर्मी
जेठ २२,२०८२
हुम्ला । हुम्लाको सदमुकाम सिमकोट गाउँपालिका–५को तल्लो गाउँको भदल्याडिपोमा विपद् व्यवस्थापन कृत्रिम अभ्यास प्रदर्शनी गरिएको छ । यो बर्षको मनसुन शुरु हुन केहीदिन लाग्ने समयमा
मनसुनजन्य विपद्सँगै हुम्ला जिल्लामा बाढी, पहिरो,चट्याङ र आगलागि जस्ता विपद्का घटना बढी हुने भएकाले विपद् व्यवस्थापन सम्बन्धि सन्देशमुलक अभ्यास गरेको छ ।
आगलागी जस्तो विपद् घटना कसरी हुन्छ, यसबाट कसरी बच्न सकिन्छ, समयमा कसरी व्यवस्थापन गर्ने र राहत उद्धार गर्ने विषयमा अभ्यास गरिएको थियो। फायर फाइटिङ, वाडि पहिरो जोखिम सचेतना, घाइते उद्धार, प्रथामिक उपचार र विपद् सामग्री प्रदर्शनी गरिएको थियो।
जिल्ला विपद् व्यवस्थापन समिति हुम्लाको आयोजना र सिमकोट गाउँपालिका संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाको समन्वयमा विपद् व्यवस्थापन अभ्यास प्रदर्शनी गरिएको हो। यस्ता विपद् बाट कसरी बच्ने र राहत उद्धारका विषयमा सचेतीकरण गरिएको हो । विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन् विषयमा अभ्यास प्रदर्शनी गरिएको हो । त्यस्तै आगलागी तथा विपद्को समयमा हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले कृतिम घटना अभ्यासको आयोजना गरिएको विपद् व्यवस्थापन समितिका संयोजक तथा हुम्लाका प्रमुख जिल्ला अधिकारी नायण पाण्डेले बताए ।
वाढी पहिरोको कृत्रिम घटना बनाएर खोज, उद्दार, प्राथमिक उपचार र आपतकालीन स्वास्थ्य सम्बन्धी विपद पूर्वतयारी अभ्यास गराइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गणेश महतले बताउनुभयो ।मनसुन नहुँदै हुम्लामा वाढि,पहिरोले चार ठाउँमा क्षेती पुराएकोले हुम्ला उच्च जोखिम अबस्था रहेकोले सबैलेआफना ठाउँ बाट मानविय सेवागर्रौ सभापति महतले बताउनु भयो ।
वर्षायाममा हुनसक्ने बाढी पहिरो जस्ता विनाशकारी विपद्का समयमा तत्काल परिचालन भई मानवीय तथा भौतिक क्षति न्यूनिकरण गर्ने उद्देश्यले सबै लाग्नु पर्ने दलको तर्फबाट नेकपमा एमालेका उपअध्यक्ष प्रकाश बहादुर शाहीेले बताउनु भयो । हुम्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लालेविपद्सँग सम्बन्धीत विभिन्न (आगलागी,बाढी, पहिरो, भूकम्पचट्याङ) घटनाहरूको कृतिम घटना अभ्यास गर्दै आइरहेको छ ।