हुम्लामा बेपत्ताका परिवारले कुशको शव पुतला बनाएर ९ वर्षपछि गरे सतगत
बेपत्ता भएको आज ९ वर्ष भयो। अहिलेसम्म खोजवीन गर्दा कँही कतैबाट नआएपछि कुशको पुतला बनाएर सतगत
वैशाख १७,२०८२
सिमकोट । हुम्लामा बेपत्ताका परिवारले कुशको शव बनाई ९ वर्षपछि गरे आफन्तको दाहसंस्कार गरि सतगत गरेका छन । भेडाब्राख चराउन गएका भेडा गोठालाको ९वर्षपछि कुशको शव बनाई दाहसंस्कार गरेका हो। बेपत्ता भएका गोठालाको अवस्थाबारे व्यापक परिचालन गरेतापनि बेपत्ता परियार कुर्दाकुर्दै आफन्तले लाश आशा नभेटिसकेपछि कुशको शव बनाएर दाहसंस्कार गरि वेपातको सतगत गरिएको छ ।
खार्पुनाथ गाउँपालिका –४लेक गाउँ निवासी दल जेठारा (आशिष) घरबाट भेडाबाख्रा चराउन गएका मिति २०७४ सालमा देखि वेपता हुन्हुन्छ । घटनाको ९ वर्ष बितिसक्यो, जेठाराकोे न सास न त लाश कुनै ठाउँमा भेटिएन । यतिका वर्ष कुर्दा पनि वेपता जेठाराएको नभेटिँदा बाध्य भएर कुशको शव बनाएर सतगत गरेको छ ।
वेपता जेठारा (आशिष) गाउँका युवा योद्धा थिए। उनी १२ वर्षको हुँदा नेकपा माओवादीले संचालन गरेको जनयुद्धको समयमा प्लाटुन कमाण्डर भई दर्जनौ मोर्चा लड्नु भएको थियो। शान्ति प्रक्रियामा होचो भएकाले जेठाराले जनमुक्ति सेनाबाट नेपाली सेनामा जान पाउनु भएन । घर फर्केपछि भेडा चराउन जानु भएको थियो । त्यसैबेला बेपत्ता भएको आज ९ वर्ष भयो। अहिलेसम्म खोजवीन गर्दा कँही कतैबाट नआएपछि आज कुशको पुतला बनाएर सतगत गरिएको छ ।
नेकपा माओवादी केन्द्र जिल्ला संयोजक डा दीेन्पेन्द्र रोकायाले तिनै वेपता योद्धा जेठारा (आशिष) लाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन । जेठाराको घरमा आमा र दुई दाजु भाउजु र एक भाइ बुहारी छन्।