अग्नीपीडित लाई न्यानो कपडा वितरण

जय भण्डारी

माघ २१, २०८१
हुम्ला । सत्य साई सेवा संगठन नेपालले आर्थिक सहयोग र सत्य साई केन्द्र हुम्लाको आयोजन हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडानं ८का अग्नीपीडित लाई न्यानो कपडा वितरण गरेको छ ।
उक्त संस्थाले विपदमा परेका समुदायलाई सहयोग र मानवताको सन्देश दिनको लागि दुर्गम गाउँमा वितरण गरेको जनाएको छ । सिमकोट गाउँपालिकाका वडानं ८ याङ्गु गाउँका आगलागी परिवारलाई जाडो छल्नको लागि फाइरबर सिरक बितरण गरिएको हो ।


सिमकोट गाउँपालिका वडानं १मा ६,वडानं २मा २,वडानं ४मा १,वडानं ५मा १ र वडानं ८मा ७ घरपरिवार लाई जम्मा १७ थान फाइवर सिरक वितरण गरेको स्थानीय समाजसेवी युवा नेता कुशुम शाहीले बताईन् । उक्त सहयोगले उनीहरूको जीवनमा केही सहजता ल्याउने र चिसो बढ्दै गर्दा कसरी चिसोबाट बच्न मद्दत पुग्ने बताइएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिका उपसभापति तथा सत्य साई केन्द्र हुम्लाका संयोजक वसन्त रोकायाको विशेष पहलमा सिमकोट गाउँपालिका वडा नं ८ याङ्गु गाउँका आगलागी पिडित र अन्य वडामा रहेको विपन्न परिवारलाई न्यानो ( फाइबर) सिरक बितरण गरेको छ

प्रतिक्रिया दिनुहोस