हुम्लाः ताजाकोटको मतगणना सम्पन्न, नेकपा अग्रस्थानमा
२०८२ फागुन २३ गते, शनिबार
हुम्ला । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत हिमाली जिल्ला हुम्लामा मतगणना जारी रहेको छ। शुक्रबार राती १२ बजेसम्म जिल्लाको ताजाकोट गाउँपालिकाका सबै मतदान केन्द्रको मतपरिणाम सार्वजनिक गरिएको छ।
प्राप्त विवरणअनुसार उक्त गाउँपालिकाका सबै मतदान केन्द्रमा खसेको कुल २ हजार ३७९ मतमध्ये २ हजार ३३६ मत सदर र ४३ मत बदर भएको जनाइएको छ। हालसम्मको मतपरिणामअनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार डा. दिपेन्द्र रोकाया (तारा चिन्ह) ले १ हजार २७१ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।
यसैगरी नेकपा एमालेका दल फडेराले ५५१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका जयपति रोकायाले ४१६ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टासी ल्हाजोमले १८ मत प्राप्त गरेका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले २ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टी (माओवादी)का कुम्भ बुढाले ७३ मत र प्रगतिशील लोकतान्त्रिक पार्टीका जटिल कार्कीले ५ मत प्राप्त गरेका छन्।
ताजाकोट गाउँपालिकाको मतगणना सम्पन्न भएसँगै अदानचुली गाउँपालिकाको मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिएका छन्।