हुम्लाबाट प्रतिनिधिसभा चुनाव लड्दै नेकपा केन्द्रीय सदस्य डा दीपेन्द्र रोकाया

फिल्को मिसन

पुस ४,२०८०,सोमबार
हुम्ला । नेकपाका केन्द्रीय सदस्य डा दीपेन्द्र रोकाया हुम्ला जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। काठमाडौंमारहेको पेरीसडाँ पार्टी कार्यालयले जानकारी अनुसार हुम्ला निर्वाचन क्षेत्रबाट डा रोकायाको नाम टुंगो लगाएको हो। यसअघि नेकपा हुम्ला जिल्ला कमिटीले केन्द्रीय सदस्य कर्णजित बुढाथोकी (शुशिल),छिमीदोर्जे लामा (आशाकार), छिरिडदम्दुल लामा (कार्चेन)डा दीपेन्द्र रोकाया र प्रदेश सदस्य प्रेम बहादुर शाही, धुर्व बहादुर शाही गरी छ जनाको नाम प्रदेश कमिटीमार्फत सिफारिस गरेको थियो।
तीमध्ये पार्टी केन्द्रले डा रोकाया लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा चयन गरेको हो। हुम्लाबाट अहिलेसम्म अनिवार्य निर्वाचित हुने बाहेको स्थानमा कुनै पनि भूमिका पाएको छैन । जिल्लाको ऐतिहासिकता, निरन्तरता, संघर्ष, जनआधार, अनुभव र विज्ञताका आधारमा एकमतका साथ डा.रोकायानै उपयुक्त भएकाले जिल्ल पार्टीको शिफारीसमा केन्द्र पार्टीले फागनु २१ गते हुने प्रतिनिधिमा सभा सदस्य उम्मेदार दिएको छ ।
पछिल्लो समय सक्षम नेता भन्दा पनि नेताहरुको अघिपछि लागेकाहरुले स्थान पाउने तर, सक्षम र संघर्षशिल नेताहरुले स्थान नपाउने हुँदा पार्टीप्रति पनि मान्छेको धारणा नकरात्मक भइरहेको छ । संसदमा पुग्दा पनि सक्षमता प्रस्तुत गर्न सक्ने नेता डा रोकाया भएकाले उनलाई पार्टीले सिफारिस गरिएको हो । डा. रोकाया कर्णालीको नेकपा भित्र बौद्धिक छवी भएका नेता हुन् ।
जनयुद्धकालमा युद्ध पत्रकारीता गरेका रोकाया यसअघि कर्णाली प्रदेश योजना आयोगको सदस्य भएर कर्णालीको पञ्चबर्षीय गुरुयोजना तयारमा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए । रोकाया पछिल्लो समय पत्रकारीता छोडोर हुम्ला जिल्ला माओवादी केन्द्रको जिल्ला संयोजक भएर पार्टी संचालन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस