कर्णाली प्रदेशमा नेकपाको संसदीय दल नेतामा शाही चयन
माघ ३, २०८२
सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपाको संसदीय दलले नयाँ नेतृत्व पाएको छ। पार्टीभित्र लामो समयदेखि जारी दलको नेता चयन प्रक्रिया आज टुंगिएको हो।
आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई बहुमत मतको आधारमा संसदीय दलको नेता चयन गरेको छ।
नेताको दाबी गर्दै आएका विन्दमान विष्ट र दुर्गाबहादुर रावतसँग सहमति नजुटेपछि मतदानमार्फत निर्णय गरिएको हो। यसअघि रणसिंह परियार र कृष्णबहादुर जीसीले पनि नेताका लागि दाबी पेश गरेका थिए, तर सहमतिका लागि उनीहरूले आजको बैठकमा आफ्नो दाबी फिर्ता लिएका थिए।
दलभित्र तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता हुनुअघि राजकुमार शर्मा संसदीय दलको नेताका रूपमा कार्यरत थिए। उनले गत मंसिर १७ मा पदबाट राजीनामा दिएपछि दल नेतृत्वविहीन अवस्थामा रहेको थियो। यसैसँगै कर्णाली प्रदेशसभामा नेकपाको आन्तरिक नेतृत्व विवाद समाप्त भएको छ।