इन्डियन आइडल विजेता प्रशान्त तामाङको असामयिक निधन

फिल्को मिसन

पुष २८, २०८२, सोमबार

काठमाडौं -इन्डियन आइडल २००७ का विजेता र लोकप्रिय गायक तथा अभिनेता प्रशान्त तामाङ अब यस संसारमा छैनन्। नेपाली मूलका ४३ वर्षीय प्रशान्तको आइतबार दिउँसो दिल्लीस्थित आफ्नै निवासमा कार्डियक अरेस्ट बाट निधन भएको हो। अस्पतालमा उपचारको प्रयास भए पनि उनको मृत्यु भएको पुष्टि गरिएको छ।

प्रशान्तले नेपाली, हिन्दी र अन्य भाषामा गीत गाउनुका साथै “गोर्खा पल्टन”, “परदेशी” लगायत नेपाली फिल्म र अमेजन प्राइमको सिरिज “पाताल लोक” मा अभिनय गर्नु भएको थियो। इन्डियन आइडल विजेताका रूपमा उहाँले अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान फैलाउनुभयो।

अन्तिम समयमा उनी तीन वर्षीया छोरी आरिया को हेरचाह गर्दै आउनुभएको थियो। परिवारप्रति उहाँको गहिरो लगाव र समर्पणले सबैलाई प्रभावित पार्थ्यो। पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी लगायत विश्वभरका कलाकार र फ्यानहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस