अपाङ्गता भएका नागरिकलाई सशक्त बनाउने तालिम सिमकोटमा सुरु
मंसिर २९, २०८२
सिमकोट । जिल्लाभरका अपाङ्गता भएका नागरिकलाई लक्षित गरेर क्षमता विकास तालिम सुरु भएको छ। तालिममा सहभागीहरूलाई कानुनी हक, अधिकार र उपलब्ध सेवासुविधा सम्बन्धी जानकारी दिइँदैछ।
साहारा समूहका कार्यकारी निर्देशक सूर्य पौडेलले तालिम भत्ता वितरणको लागि नभई अपाङ्गता भएका नागरिकलाई सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए। तालिम पाँच दिनसम्म चल्नेछ र सामाजिक विकास कार्यालयको सहयोगमा आयोजना गरिएको हो।
उद्घाटन कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुशिला भाम रोकाया, जिल्ला समन्वय समितिका सदस्य सरिता रावत, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द र सुरक्षा निकायका प्रमुख उपस्थित थिए।