नाम्खामा मोतिया मोतिया विन्दु शल्यक्रिया र हेपाटाइटिस बी भ्याक्सिनेसन कार्यक्रम सम्पन्न
मंसिर १४, २०८२
हुम्ला । नाम्खा गाउँपालिकामा आयोजित मोतिया विन्दु शल्यक्रिया तथा हेपाटाइटिस बी भ्याक्सिनेसन शिविर सफलतापूर्वक सम्पन्न भएको छ । कर्णाली प्रदेशको हुम्ला जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिका–४, याल्बाङमा मंसिर ११ र १२ गते दुई दिने शिविर सञ्चालन गरिएको हो ।

नाम्खा गाउँपालिकाका स्वास्थ्य प्रमुख सागर लामा बाट फोटा
गाउँपालिका स्वास्थ्य संयोजक ग्याछो लामा (सागर लामा) का अनुसार शिविरमा ५२४ जनाले आँखाको स्वास्थ्य परीक्षण गराएका थिए भने तीमध्ये २४ जनाको मोतिया विन्दु शल्यक्रिया गरिएको छ । यस्तै, शिविरमा ३५० जनाले हेपाटाइटिस बी को खोप प्राप्त गरेको संयोजक लामाले जानकारी दिए । उनका अनुसार गाउँपालिकाका सबै ६ वडामा हेपाटाइटिस बी खोप अभियान निरन्तर रूपमा सञ्चालन भइरहेकाले लक्षित वर्गलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरिएको छ ।

शिविर नाम्खा गाउँपालिकाको समन्वय तथा एक–एक पाइला काठमाडौँको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो । स्वास्थ्य शिविर सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने व्यक्तिहरू, संस्थाहरू र समुदायप्रति गाउँपालिकाले हार्दिक आभार व्यक्त गरेको जनाइएको छ ।
