छत्रपाल विद्यालयको आगलागिपछि गाउँपालिकाद्वारा ठूलो सहयोग

फिल्को मिसन

मंसिर ९, २०८२, सोमबार
हुम्ला ।कार्तिक १९ गते आगलागि हुँदा छत्रपाल आधारभूत विद्यालयको कार्यालय र त्यहाँ राखिएका सम्पूर्ण सामग्री नष्ट भएको थियो । आगलागिको कारण विद्यालय कार्यालय सञ्चालनमा समस्या आएको थियो ।
यसपछि गाउँपालिकाले विद्यालयलाई कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री उपलब्ध गराएको छ । जिन्सी शाखा प्रमुख हंस महताराका अनुसार, कम्प्युटर, प्रिन्टर, विद्युतीय सामग्री र अन्य कागजातहरू नष्ट भएपछि न्यूनतम आवश्यक सामाग्री सहयोग गरिएको हो ।
आज गाउँपालिकाले करिब ५ लाख बराबरको सामाग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको मुख्य सामग्रीहरू मध्ये एक किलोवाट सोलार सेट १,ल्यापटप १, प्रिन्टर १,डेस्कटप १, स्पिकर÷साउन्ड सिस्टम १,शिक्षक हाजिरी ४ वटा, विद्यार्थी हाजिरी रजिस्टर १० वटा, बोर्ड मार्कर १० दर्जन, घण्टी १, पानीखाने जग ४ वटा सहयोग गरेको छ । त्यसै गरि मसी ४ डिब्बा, दस्तर ९ वटा, दर्ता चलानी रजिस्टर २ वटा, सादा रजिस्टर ५ वटा, ड्रमलेट १, इन्डेक्स फाइल १० वटा रेकर्ड फाइल १० वटा, बजेट किताब १, जिन्सी रजिस्टर १, डटपेन ४ बक्स, ए–४ साइज ह्वाइट पेपर ५ रिम, उत्तरपुस्तिका ४० रिङ,पंचिङ मेसिन १, गोश्वरा भौचर २, ज्यामिति बक्स १, मादल १, भित्ते घडी १, विदा फाइल १, भण्डा २, ताल्चा १२, बाल्टिन २ थान बराबरको सहयोग गरेको छ । गाउँपालिकाको यस सहयोगले विद्यालयको कार्यालय सञ्चालन सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस