अग्नीपिडीत रावत परिवार बिचल्लीमा, सहयोगको लागि अपिल

फिल्को मिसन
कार्तिक ३०,२०८२
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ माझाँ गाउँमा भएको आगलागीले शोभनकुमार रावतको घर पूर्ण रूपमा नष्ट भएको छ । राती एक्कासी आगोलागी भएपछि ज्यान मात्र बचाउन सकेको शोभनकुमार रावतले बताउनु भयो । आगलागीबाट रावतको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरमा रहेको नगद ७ लाख अन्य जिन्सी २६ लाखा सम्पत्ती नष्ट भएको पीडितले बताएका छन् । बच्चाहरु घर बाहिर गएकोे समयमा एक्कासी आगलागी हुदा घरपरिवार ज्यान जोगाउन धौ धौ भएको रावतले बताउनुभयो ।

चार सदस्यीय परिवार हाल कान्छो भाइको घरमा शरण लिएर बसेका छन् । आगलागीका कारण घरभित्र रहेको सबै सामानहरु खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा, नगद, गरगहना जलेर नष्ट भएको छ । रावत परिवारले दूधकुण्ड वहुउद्देश्यीय सहकारीबाट लिएको ७ लाख रुपैयाँसहित घरभित्रका सम्पूर्ण सामग्री गुमाएको बताएको छ । प्रहरीको मुचुल्का अनुसार क्षति करिब २०–२५ लाख रुपैयाँ बराबर पुगेको छ ।

जलेर नष्ट भएका सामग्रीमा अन्न (कोदो, मकै, गहुँ, धान, उवा), चिनी, ऊनका लिउ, ब्लाङ्केट, दराज, खाट र लत्ताकपडा लगायत रहेका छन् ।
पीडित परिवारले सबै शुभेच्छुक र सहयोगी हातहरूसँग सहयोगको अपिल गरेका छन्। सहयोग गर्न चाहनेहरूले परिवारका जेठान जीवन रोकायाको राष्ट्रिय वाणिज्य बैंक, सिमकोट शाखा, खाता नं. ४१९०१००००८३१६०१० मा रकम पठाउन सक्नुहुन्छ ।

स्थानीय जीवन जेठाराले पीडितको व्यवस्थापन गर्न सहयोग जुटाउन आगलागी पीडित राहत संकलन अभियान सञ्चालन गर्ने तयारी भएको जानकारी दिएका छन्।
घरमा भएको नगद, गरगहना सहित सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएपछि परिवारको व्यवस्थापन गर्न निकै कठिन भएकोले सबैलाई सहयोगका लागि अपिल गरिएको स्थानीय जीवन जेठाराले जानकारी दिनुभयो । उहाँले पीडितको सहयोगका लागि आगलागी पीडित राहत संकलन अभियान थाल्ने तयारी भएको आग्राह गर्नुभयो । आगलागीबाट पीडित परिवारको सहयोगका लागि वडा कार्यालय गाउँपालिका लगायत इच्छुक माहनुभावहरु लाई अनुरोध गर्ने गरी सहयोको याचान गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस