हुम्लामा ‘जेन–जी रेड फोर्स’ गठन
कार्तिक २१, २०८२
हुम्ला । नेपाली कम्युनिष्ट पार्टी निकट युवाहरूले हुम्लामा पनि ‘जेन–जी रेड फोर्स’ गठन गरेका छन्।
फोर्सका जिल्ला संयोजक तोपछिरिङ लामाका अनुसार, पार्टीभित्र नयाँ पुस्ताको आवाज र दृष्टिकोणलाई समेट्न यो संरचना स्थापना गरिएको हो ।
लामाले भने,“पार्टी सुदृढीकरणसँगै विगतका गल्तीहरू दोहोर्याउन नदिन, आत्मालोचना गर्न, र युवालाई राष्ट्रनिर्माणको अभियानमा जोड्न यो अभियान सुरु गरिएको हो ।”
उनका अनुसार, हुम्लाका सातवटै गाउँपालिकामा पनि समिति गठन गर्ने तयारी भइरहेको छ। हालसम्म नाम्खा गाउँपालिकामा नविन लामा र सिमकोट गाउँपालिकामा ज्याम्फाल लामा संयोजक चयन भएका छन् ।
जिल्ला संयोजक लामाले जेन–जी पुस्तालाई पार्टीको विचारसँग जोड्दै जिम्मेवार र सचेत राजनीतिक सहभागिताको मार्ग खोल्ने प्रयास भइरहेको बताए।