कोरिया जान नपाएका श्रमिकले गरे ईपीएस शाखा घेराउ
कार्तिक २०, २०८२
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत भाषा परीक्षा पास गरे पनि दक्षिण कोरिया पठाउन ढिलाइ भएको भन्दै श्रमिकहरूले आन्दोलन सुरु गरेका छन्। दुई वर्ष बित्न लाग्दासम्म पनि कोरिया जान नपाएका उनीहरूले बिहीवार ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखा घेराउ गरेका हुन् ।
सन् २०२५ का लागि ईपीएस भाषा परीक्षामा १ लाख ६३ हजार जना सहभागी भएका मध्ये १७ हजार ३० जना उत्तीर्ण भएका थिए। तर तीमध्ये अधिकांशको हालसम्म करार सम्झौता नहुँदा उनीहरू कोरिया जान नपाएको श्रमिकहरूको भनाइ छ ।
उनीहरूले नयाँ विज्ञान र परीक्षा सञ्चालन गर्नुभन्दा अघि पहिलेका उत्तीर्ण उम्मेदवारलाई प्राथमिकतामा राखी पठाउन माग गरेका छन् । सन् २००८ देखि दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत अदक्ष नेपाली श्रमिक लैजान थालेको हो। हाल कोरियामा करिब एक लाख नेपाली श्रमिक कार्यरत रहेका छन् ।