विद्यार्थीलाई चिसोबाट जोगाउन रोकायाद्वारा ‘प्रि–फोम’ सहयोग

फिल्को मिसन

कार्तिक २०२०८२
हुम्ला । नेपाली कांग्रेस हुम्लाका पूर्व पार्टी सभापति जयपति रोकायाले बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थीलाई चिसोबाट जोगाउन ‘प्रि–फोम’ सहयोग गरेका छन्।
विद्यालयको नयाँ भवन निर्माण कार्य जारी रहेकाले पुरानो भवन भत्काएर अहिले विद्यार्थीहरू काठ र जस्तापाताको कटेरोमा अध्ययन गर्दै आएका छन्। ती अस्थायी कक्षामा अत्यधिक चिसो हुने भएकाले रोकायाले व्यक्तिगत पहलमा उक्त सामग्री सहयोग गरेका हुन्। रोकायाका अनुसार उनी स्वयं पनि सो विद्यालयका पूर्व विद्यार्थी हुन्। “विद्यार्थीहरूलाई चिसोले पढ्नै गाह्रो भएको सुनेपछि सकेको सहयोग गरेको हुँ,” उनले भने।
विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले आठ वटा अस्थायी कक्षामा कक्षा ४ देखि १० सम्मका विद्यार्थी पढ्दै आएको जनाउँदै रोकायाको सहयोगले विद्यार्थीहरूलाई केही सहज हुने विश्वास व्यक्त गरे।
उक्त ‘प्रि–फोम’ सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज बोहरा र प्रधानाध्यापक रोकायालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस