हुम्लाको एक विद्यालयमा आगलागी
कार्तिक १९,२०८२
सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका–३ स्थित छत्रपाल आधारभुत विद्यालयमा आगलागी भएको छ । आगलागीबाट विद्यालयको अफिस कोठामा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् । ढुङ्गा माटोले बनेको जस्ता पाताले छाएको २ कोठा भएको दुई तले भवनमा आगलागी भएको अदनुचुली गाउँपालिका उपध्याक्ष कर्ण रोकाया (सुधार)ले फिल्को मिशन डटकम लाई जानकारी दिनु भयो ।

उपाध्यक्ष रोकाया अनुसार विद्यालयमा रहेको अफिसकोठामा ताला नलगाएको र बेलुकीपख तिर एकासी आगलागी भएको खबर थाहा भएको बताए । विद्यालयको कार्यालयमा कसले आगलागी गरेको भन्ने बारेमा नखुलेको र स्थानीय गाउँले, प्रहरीले उक्त विद्यालयमा लागेका आगो नियन्त्रण लिएको उक्त घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ ।

आफु घर जाने क्रममा एकासी आगलागि भएकोे देखेपछि गाउँका स्थानीय सहयोगमा आगो नियन्त्रण गरेको बताए । विद्यालयको कार्यालयमा राखिएका कम्प्युटर, किताब, दराज, बोर्ड, कार्पेट, पोस्टर, चार्ट लगायत सम्पुर्ण कागजातहरू जलेर नस्ट भएको छ ।

आगो के कसरी लागेको भनेर खुल्न नसकेको र घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय श्रीनगरले जनाएको छ । विद्यालयको कार्यालय कक्षमा भएको आगलागीबाट सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।