बेपत्ता पुरुष मृत भेटिए

फिल्को मिसन

कार्तिक १४,२०८२
हुम्ला । एघार दिन दिनदेखि बेपत्ता भएका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिमकोट गाउँपालिका–३ बरगाउँका अन्दाजी ५३ वर्षिय पर्वसिंङ सुनार मृतावस्थामा फेला परेको उनका आफन्त धनविर सुनारले जानकारी दिए । यही कार्तिक ३ गते विहान घरबाट सदरमुकाम सिमकोटका विधुत कार्यालयमा मिटरबक्स ल्याउन हिडेका बरगाउँको लव्ली डाँडा भन्दा केही तल खसेर मृत्युु भएको आफन्तले बताए ।
सुनारको आफन्तले खोजि तलास गर्दा शुक्रबार दिनमा अपरान्ह वरगाउँको लब्ली डाँडामा मृत अवस्थामा भेटाएको हो । मृतक सुनार घर नफर्किएपछि घरपरिवारले कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा खोजीदिन आग्राह गरेका थिए । सुनारको लाश भेटिएको सूचान पाएपछि प्रहरी निरिक्षक विष्णु श्रेष्ठ नेतृत्वको टोलि उक्त घटना स्थल तर्फ गएको प्रहरी नायव उपरिक्षक संकर पोखरेलले जानकारी दिनुभयो । मृत लाशलाई पोस्टमार्टमका लागि सदरमुकाम सिमकोट ल्याईने भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस