अनलाइन सञ्चारमाध्यम लाई शुल्क अनिवार्यः दर्तामा ५ हजार, नवीकरणमा २५ सय शुल्क
कार्तिक १४,२०८२
काठमाडौं । अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण गर्दा शुल्क लाग्ने भएको छ ।
सरकारले अनलाइन सञ्चारमाध्यमहरूलाई दर्ता ५ हजार र नवीकरणमा २५ सय शुल्क
अनिवार्य गर्ने व्यवस्था लागू गरेको छ । सञ्चार तथा सूचना प्रविaधि मन्त्रालयले लामो छलफल पछि बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयलाई आधार बनाएर ‘छापाखाना र प्रकाशनसम्बन्धी नियमावली’ संशोधन गरी नेपाल राजपत्रमा सूचना प्रकाशित गरेको छ ।
साथै,अनलाइन मिडियाको नियमनकारी निकाय पनि परिवर्तन गरिएको छ । यसअघिको जिल्ला प्रशासन कार्यालय (जिप्रका) बाट दर्ता हुँदै आएका पत्रपत्रिका लगायत सबै सञ्चारमाध्यमहरूको दर्ता तथा नियमनको जिम्मेवारी अब सूचना तथा प्रसारण विभागमै फिर्ता गरेको छ ।