घरमै मृत भेटिए १३ वर्षीय बालक

फिल्को मिसन

कार्तिक १३,२०८२
हुम्ला । हुम्लाको सर्केगाडमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । सर्केगाड गाउँपालिका–१,जैरको छिंडिनात्तामा १३ वर्षीय बालक राजु बुढा आफ्नै घरको मृत अवस्थामा भेटिएका हुन् ।
उनी घरको कोठमा भारी बोक्ने नाम्लोको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका अस्थायी प्रहरी चौकी बालुकुनाका प्रहरी सहायक निरीक्षक जंग बहादुर थापाले बताए । मृतका बुढाका परिवारले देखेर प्रहरी र स्थानीय लाई खबर गरेपछि उक्त घटनस्थलमा प्रहरी पुगेको थिए ।
बिहीबार दिउँसो ३ः४५ बजेतिर आप्mनै घरमा मृत्यक बुढाले पासो लगापछि उक्त घटनाबारे अनुसन्धानका लागि सिमकोटबाट प्रहरी सहायक निरीक्षक थापाको कमाण्डमा चार जनाको टोली घटनास्थल तर्फ गएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको जनाएको छ । घटनाको कारण खुलेको छैन । पोष्टमार्टम रिपोर्टपछि मात्र बुढाको मृत्युको कारण स्पष्ट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस