कैलाश मानसरवर दूरर्दशन गर्न न्यालुपासबाटै (फोटो फिचर)

अर्जुन बोहरा

कार्तिक ८,२०८२ शनिबार
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका लिमी भ्याली जाने पदमार्गको न्यालुपास समुद्री सतहबाट ५ हजार १०  मिटर उचाइमा लिमी र केर्मिको न्यालुपास सिमाना हो । हरेक बर्ष पवित्र धार्मिक कैलाश मानसरवर लिमीलाप्चाबाटै दूरदर्शन र लिमीमा रहेको धार्मिक १२०० बर्षको पुरोनो हल्जी गुम्बा,पर्यटन क्षेत्र,हिमचुतुवा,नावर,वन चौरी लगायतका हिमली जनावर र्हेन लाई संसारका विदेशी पर्यटक र आन्तरिक पर्यटक आउने गरेका छन् ।

सडक सञ्जाल विस्तार भएपछि लिमी उपत्याकामा लिमी पदमार्गको यात्रा गर्ने सिमकोट बाट तीन दिनमै पूरा हुन्छ भने न्यालुपास सम्म जान लाई एक दिन मात्र कैलाश मानसरवर दूरर्दशन गरेर सिमकोटमै फिर्ता गर्न सकिन्छ ।

 फोटो क्याप्स नामग्याल तामाङ बाट
हरेक बर्ष विदेशीहरु धार्मिक,पर्यटक,अध्ययानको लागि हुम्लाको लिमी भ्याली रोजाईमा परेको हुन्छ । न्यालुपास हुँदै ऐतिहासीक हल्जी गुम्बा,रमणिय पर्यटकीय क्षेत्र,पृथ्वीमा लोभ हुँदै गएको हिमचुतुवा लगायतका हिमालमा पाईने वन र्चौरी र धार्मिक हिसावले कैलाश मानसरवर दुरर्दशन गर्न विश्वभरबाट पर्यटक हुम्लामा आउँछन् । कैलाश मानसरवर र्दशनको लागि हुम्लामै छोटो बाटो तिन दिन भित्र घुमेर आउन सकिन्छ । पछिल्लो सयम आन्तरिक पर्यटक पनि लिमी लाप्चा कैलाश मानसरवर र्दशन गर्न लागि घुईच्चो लाग्न थालेका छन् ।

                                न्यालुपासमा कसरी जाने कैलाश मानसवर दूरर्दशन गर्न ?

हुम्लाको सदरमुकाम सिमकोट देखि लिमी लाप्चा पदयात्रा मार्ग,केर्मिगाउँ स्थित सल्ली खोला हुँदै छुँउस,सेलिमान ताल, न्यालुपास भेटिन्छ । सिमकोटबाट विहान ७ बजे देखि वोलोरोजिप बाट यात्रा गरयो भने नाम्खा गाउँपालिाको वाडनं हुँदै केर्मिगाउँको सल्लीखोला, छुँउसखोला विहानको खाना हुन्छ । छुँउस खोला देखि रमणिय सेलिमान ताल नजिकैरहेका हिमशृङ्खला हेदार्हेर्दै न्यालु पास हुँदै लिमीको टाक्ची चौउरमा पुगेपछि कैलाश मानसरवर दूरर्दशनको पदयात्रा शुरु हुन्छ । तर लिमी लाप्चा नपुगेरै एक दिनमै न्यालु लेकबाट कैलाश मानसरवर र्दशन गर्न सजिलो भएको तिब्बतियन होटलका संचालनक नामग्याल तामाङ्ग बताउनु हुन्छ ।


भारतिय मुलका धार्मिक तिर्थयात्री आयपछि चिनको तिब्बतमा रहेको कैलाश मानसरवर जान नसक्ने र नेपाली भुमिबाट भएपनि दर्शन गर्ने सजिलो स्थान खोजीमा रहेका होटका संचालक तामाङ्ग भने हुम्लाको न्यालुपास बाट कैलाश मानसरवर दर्शनको लागि सजिलो स्थान भएको बताए । नेपालको छोटो दुरी एक दिनमै नेपाली भुमी कैलाश मानसरवर दूरदर्शन गर्नको लागि सहज स्थान समुन्द्र सतह देखि ५ हजार ३ सय मिटर न्यालु पास भन्दा एक घण्टा पदैल हिडेर उच्चाई रहेको छ ।


यो न्यालु लेक आन्तरिक तथा बाह्य पर्यटक तथा धार्मिक पर्यटक कैलाश मानसरवर दुरर्दशनको लागि नेपालकै भुमीबाट कैलाश मानसरवर दुरर्दशनको लागि ऐतिहासीक नयाँ स्थान भेटिएको छ ।
आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरु न्यालु लेक र लिमीलाप्चामा पुगेसँगै कैलाश मानसरवर दर्शनको लागि सजह भएको पाइन्छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरू विश्वभरबाट यहाँ घुम्‍ने आउने गरेको सिमकोट स्थती तिब्बतियन होटलका संचालनक तामाङ्गले जानकारी गराउनुभयो । हुम्लामा सडकसंजाल जोडिएपछि पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको तामाङ्ग बताए ।

फोटो क्याप्स नामग्याल तामाङ बाट
पहिला हप्तौ दिन लाग्थो लिमी लाप्चा पदयात्रा गर्न र उतरी चिनको तिब्बतस्थती ताक्लाकोटमा रहेको कैलाश मानसरवर दर्शन गर्न त्यहाँको सरकाले नेपाली लगायत लाई परमिट नदिएपछि नेपाली भुमिमै लिमीलाप्चा न्यालुपासमा सडक सञ्जालले जोडिएपछि लिमीलाप्चा तिन दिन, न्यालुपास एक दिनमै दूरदर्शन गर्ने समय छोटो भएकोे छ ।


चिन सरकारबाट भिसा पाएपछि नेपाली तथा बाह्य धार्मिक पर्यटकहरु कैलाश मानसवर दर्शन गर्न जान्छन् भने भिसा नपाएका नेपाली भुमिबाटै दर्शन गर्न सजिल्लो र छोटो दुरी जाने गरेको पाइन्छ ।
लिमी भ्याली र न्यालुपास :

            फोटो क्याप्स नामग्याल तामाङ बाट । मौसम सफा भयो भने कैलाश दर्शन न्यालु लेक बाट

प्रतिक्रिया दिनुहोस