पत्रकार महासंघ हुम्ला शाखाको चौथो पूर्ण बैठक लिमी लाप्चामा सम्पन्न :यस्ता छन् बैठका निर्णय
कार्तिक ५ २०८२
हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाको कार्यसमितिको चौथो पूर्ण बैठक सम्पन्न भएको छ । हुम्लाको उतरी चिन संग जोडिएको नाम्खा गाउँपालिकाको पर्यटकीय क्षेत्र लिमी,लाप्चाको प्रचार प्रसार र प्रर्बद्धन गर्नको लागि समुन्द्रसतह देखि ५हजार १सय मिटिरको उच्चाई लाप्चामा हुम्ला शाखाले चार वटा निर्णय निणर्य गरेको छ ।
बैठकले गएको कार्तिक ४ गतेको सम्पन्न नेपाल पत्रकार महासंघ हुम्लाकोे चौंथो पूर्ण बैठकले लिमीलाप्चा प्रचार प्रसार तथा प्रवद्र्धन र संचार क्षेत्रमा पहुंच पुर्याउनको लागि निर्णय गर्दै निम्न निर्यहरु गरेको छ ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा हुम्लाको आयोजनामा सञ्चालित पूर्ण बैठकमा लीमि लाप्चा मा भएका केही निर्णयहरु
१ लिमी लाप्चाको प्रचार प्रसार तथा प्रवद्र्धन गर्ने ।
२ लिमी लाप्चा लाई संचार क्षेत्रमा पहुंच पुर्याउन नेपाल सरकार लाई आग्रह गर्ने ।
३ पाँच जना पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने ।
४ पत्रकार मिम सिंह नेपालीको स्वास्थ्य उपचारको लागि आर्थिक संकलन गर्ने ।
पत्रका महासंघ जिल्ला शाखाको बैठकले पर्यटकीय स्थल लिमी–लाप्चा,न्यालु,ताक्ची प्रचार प्रसार गर्ने,उक्त क्षेत्रमा सञ्चारको पहँँच पुर्याउन नेपाल सरकारसँग माग गर्ने, महासङ्घका पाँच जना पुर्व अध्यक्षहरू जयबहादुर रोकाया, तीर्थराज रोकाया, कर्णबहादुर रोकाया, रमेश ऐडी अर्जुन बोहरालााई सम्मान पनि गरेको छ । काठमाडौँमा उपचार पत्रकार मिमसिंह नेपालको उपचारका लागि आर्थिक सहयोगका लागि पहल गर्ने निर्णय पनि सचिव नन्द सिहंले बताए ।