पत्रकार महासंघ हुम्लाले पाँच पूर्व अध्यक्षहरु लाई सम्मानित
कार्तिक ५,२०८२
नाम्खा ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले पाँचजना पूर्व अध्यक्षहरु लाई सम्मानित भएका छन् ।
हुम्ला शाखाको पुर्ण बैठकमा नाम्खा गाउँपालिकाको लिमी लाप्चा क्षेत्रको पर्यटक प्रर्बद्धनमा सहयोग पुगोस भन्ने उद्धेश्यले बसेको बैठेकले पत्रकार महासंघ हुम्लाको विकासका लागि योगदान गर्ने पूर्व अध्यक्षहरु लाई सम्मानित भएका हुन् ।

सम्मानित हुनेमा संस्थापक अध्यक्ष स्व.जय बहादुर रोकाया, तीर्थराज रोकाया,रमेश ऐडी, कर्ण बहादुर रोकाया र अर्जुन बोहरा रहेका छन् । उनीहरुलाई नेपाल पत्रकार महासंघ हुम्ला शाखाले सम्मान गरेको हो । सोमबार नाम्खा गाउँपालिका वडानं ६को लिमीलाप्चा स्थित कैलाश मानसरवर दुरर्दशनमा आयोजना गरिएको वैठमा जिल्ला अध्यक्ष राजन रावत,उपाध्यक्ष शुरेस परियार र छपला लामाले नेपाली ढाँका टोपी अबिर,खाँदा र प्रमाण पत्रले सम्मान गरेको सचिव नन्द सिंहले जानकारी दिए । नेपाली ढाका टोपी अबिर खाँदा र प्रमाण पत्र ले सम्मान गरिएको थियो।साथैसम्मानित भएका पाँचैजना लामो समय देखि हुम्लाको संचार क्षेत्रमा संस्थागत विकास गर्दे आएका नेपाल पत्रकार महासघ जिल्ला शाखा हुम्लाका अध्यक्ष भएका हुन् ।

पर्यटकीय क्षेत्र लिमी लाप्चाको प्रचारप्रसार र प्रर्बद्धन गर्न महासंघको बैठक ५ हजार १सय मिटर उचाईको लाप्चामा सम्पन्न भएको हुम्ला शाखाका अध्यक्ष राजन रावत बताए । धार्मिक पर्यटकीय क्षेत्र भएर पनि लिमी उपत्यका र लाप्चा क्षेत्रको प्रचार प्रसारको लागि महासंघले आफ्नो बैठक लाप्चामा राख्ने कार्य गरेको अध्यक्ष रावतले जानकारी दिनुभयो । वैठकले नेपाली भूमिबाटै लिमीलाप्चा बाट कैलाश मानसरवर धार्मिक दरदर्शन गर्ने र लिमीभ्याली पर्यटकीय स्थल प्रचार प्रसार गर्ने निर्णय समेत गरेको छ ।

लाप्चा क्षेत्रमा हिउ जमेको कारण पुर्वाधार बिकास कार्यालयले स्काभेटरले हिँउ हटाए पछि उक्त वैठकका लागि १५ सदस्यीय पत्रकारको टोली लिमी हुदै लाप्चामा पुगेको थियो । टोलीलाई प्राथमिक उपचारका लागि तीन हजार मुल्यको औषधीको ब्यवस्था हेल्थ अस मेडिकल सेन्टर हुम्लागरेको छ । पत्रकारिता क्षेत्रमा लामो समय देखि काम गर्दै आएका संस्थापक सदस्य मिम सिंह नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक संकलन गर्ने लगायतका निर्णय गरेको छ ।