भालुको आक्रमणबाट हुम्लामा दुई जना घाइते

फिल्को मिसन

असोज २४,२०८२
सिमकोट । हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
नाम्खा गाउँपालिका–३ खोल्सीका ५५ वर्षका डोलु लामा र सोहि गाउँपालिका–२का ४६ वर्षका पाल्दिन कन्जोर लामा भालुको आक्रमणमा घाइते भएको घाइतेका आफन्तले बताए । गाउँ नजीकैको जंगलमा जानेक्रममा भालुले आक्रमण गरेको हो ।घाइते दुवैको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएरहको छ ।

प्रतिक्रिया दिनुहोस