हुम्लामा जिप दुर्घटनाःघाइतेको हेलिकप्टरमार्फत सुर्खेत,तीन जनाको मृत्यु
असोज २४,२०८२
हुम्ला । हुम्लाको चंखेलीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ ।
हुम्लाको चंखेलीमा जिप दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट गएको सेनाको हेलिकप्टरले पहिलो लटमा ५ जना घाइतेको उद्धार गरी सुर्खेत ल्याएको छ ।

घाइते भएका सिमकोट गाउँपालिका–८ का ३६ वर्षीय महेन्द्र रोकाया, उहाँको छोरा ४ वर्षीया जागृती रोकायलाइ,चंखेली गाउँपालिका–४ की २६ वर्षीया पार्वती सिरा, २९ वर्षीय कैलाश सिरा र १९ वर्षीय बाबु लामा को उद्धार गरिएको हो ।

घाइते भएका अन्य चार जनाको उद्धारका लागि पुन अहिले उद्धार गरिएका पुर्याएर लिन आउने भएको स्थानीय धुर्ब शाहीले बताउनुभयो । दुर्घटनामा परी घाइते भएका बाँकी चार जनाको अहिले उद्धार हुने भएको छ ।

शुक्रबार दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । बोलेरो जीप दुर्घटना हुदा मृत्यु हुनेमा चंखेली गाउँपालिका–६ मनबीर बुढा, उहाँको छोरा र सिमकोट गाउँपालिका–८ की बसन्ती बुढाको मृत्यु भएको शाहीले बताउनुभयो ।

हुम्लाको चंखेली गाउँपालिका–४बेशी खोला स्थितचित्री सडक सडक खण्डमा शुक्रबार विहान करिब ११ बजे तिर कर्णाली प्रदेश ०२००१ च १०९१ नं. को डबल क्याप जिप दुर्घटना परेको थियो । उक्त दुर्घटनामा ३ जनाको मृत्यु भएका खबर छ ।

शुक्रबार मेल्छामबाट पिप्लाङ तर्फ जाँदै गरेका जिप अनियन्त्रित भई सडकदेखि ३०० मिटर तल खस्दा १२ जना घाइते भएका थिए । त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाईतेको उद्धार गर्नु भएको थियो । ग्रामीण कच्ची सडकबाट जीप तीन सय मिटर तल खसेको थियो । उनीहरूको उद्धार गरी उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्याको थियो।
