हुम्ला जिल्ला अदालतमा ८६.९५ प्रतिशत मुद्दा फछ्र्यौट
साउन २,२०८२
हुम्ला, । जिल्ला अदालत हुम्लाले चालु आर्थिक वर्षमा ८६.९५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला अदाललतले सार्वजनिक गरेको प्रगति विवरणमा आर्थिक वर्ष २०८१÷८२ मा ६९ वटा मुद्दामध्ये ६० अर्थात् ८६.९५ प्रतिशत मुद्दा फछ्र्यौट गरिएको उल्लेख छ ।
जसमध्ये २०८१ मा विभिन्न प्रकृतिका ५० वटा मुद्दा दर्ता भएका थिए भने गत वर्षको जिम्मेवारी सरेर आएका नौ वटा मुद्दा रहेको जिल्ला अदालतका न्यायाधीश शम्भुप्रसाद दाहालले जानकारी दिए । देवानीतर्फ २५ र फौजदारीतर्फ ३५ मुद्दा फछ्र्यौट भएका हुन् ।
अदालतले मेलमिलापमा राख्न मिल्ने आठ वटा मुद्दा पठाएकोमा छ वटा मेलमिलाप भएका छन् भने दुई वटा बाँकी रहेको जनाइएको छ । मेलमिलापबाट ७६ प्रतिशत मुद्दा सफल भएको उल्लेख छ । चार आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको उनले बताए ।आर्थिक वर्ष २०७८/७९ मा ७३.४५, आव २०७९/८० मा ५४.९४, आव २०८०/८१ मा ८२.५६ प्रतिशत मुद्दा फछ्र्यौट भएको थियो ।
जिल्ला न्यायाधीश शम्भु प्रसाद बरालका अनुसार न्याय सेवा सत्य र तथ्यको आधारमा भएको बताउनुभयो । उहाँले अदालतले गरेका कामका विषय, समस्याका विषयमा जानकारी दिनुभयो । उहाँले अदालतले बनाएको कार्ययोजनाका अनुसार काम भइरहेको जानकारी दिनुभयो । अदालतका अनुसार अहिले जिल्ला अदालतको कार्ययोजना अनुसार म्याद तामेली समेत अनलाइन प्रणालीमार्फत गर्न थालिएको छ । यसैगरी पेसी , विपन्न व्यक्तिलाई निःशुल्क वैतनिक कानुन व्यवसायीको व्यवस्था, मुद्दाको काम कारबाहीका लागि निःशुल्क निवेदनको ढाँचा उपलब्ध समेत गरिँदै आएको छ ।
अन्तक्र्रियामा पत्रकारले विभिन्न जिज्ञासा राखेका थिए । जिज्ञासाको विषयमा न्यायाधीश बरालका, श्रेस्तेदार, निःशुल्क कानुनी सहायता केन्द्रका अधिवक्ता लगायतले जिज्ञासा प्रष्ट्याउनु भएको थियो ।