बैजीवडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु,१२ जना घाइते

फिल्को मिसन

साउन २,२०८२ शुक्रबार
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–१ बैजीवडामा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टर सडकदेखि झन्डै ७० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ । बैजीवडा देखि खार्पुनाथतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१त०३५३नम्बको ट्याक्टर बैजीवडा भन्ने ठाउँमा दुर्घटना हुँदा खार्पुनाथ गाउँपालिका–३का मिलन बोहरोको घटनास्थलमै मृत्यु भएको हो ।


सो दुर्घटनामा चालक सहित १२ जना घाइते भएका हुम्लाका नायव उपरीक्षाक शंकर पोखरेले जानकारी दिए । घाइतेको जिल्ला अस्पातल सिमकोटमा उपचार भइरहेको छ । घाइते हुनेमा खार्पुनाथ गाउँपालिका–३लक्ष्मीकला रावल, खार्पुनाथ–२का नवराज रावल,शुसिला रावल,पानकला छत्याल,बाली, ज्ञानेन्द्र छत्याल रावल, नैनबहादुर छत्याल,नानी जेठारा रहेका छन् । त्यसै गरि सिमकोट गाउँपालिका–२ठेहेका कुम्मेर भण्डारी,सिमकोट गाउँपालिका–८स्याँडाका सपना रावल,पालसा बुढा,तुलराज बुढा र रोल्पा रुन्टीगढी गाउँपालिका–४का ट्याक्टर चालक ढोरबहादुर पुन मगर घाते भएको घटनास्थलबमै खटिनु भएका नायव उपरीक्षक पोखरेल बताए ।


जङ्गल जटीबुटी संकलन गर्न गएको श्रमिकहरु चढेको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लालले जानकारी दिएको छ । जटीबुटी संकलन गर्न (पोडेया)गएका मानिसहरु घरतर्फ र्फकिने क्रममा ट्याक्टर आउँदै गर्दा ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ ।


घाइते लाई जिल्ला अस्तालमा उपचारभईरहेको र जटिल घाईते लाई जिल्ला बाहरी रिफर गरिने उपाचारमा खटिने स्वास्थ्यकर्मिले जानकारी दिएका छन । दुर्घटना भएको ट्याक्टर कुल बहादुर लामाको भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस