नेकपा हुम्लाले ग¥यो आगलागी पीडितलाई राहत सामग्री सहयोग
असार २४ २०८२
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३उनपानीका आगलागी पीडित परिवारलाई नेकपा हुम्लाले राहत वितरण गरिएको छ । नेकपा हुम्लाले आगलागीबाट घर नष्ट भएका उनपानी गाउँका ८ घर परिवार आर्शििक क्षेती पुगेको घरपरिवार लाई खाद्यन्न,लुगाकपडा,सरसफाई तथा स्टेसनरीका सामग्री हस्तान्तरण गरिएको बताइएको छ । नेकपा जिल्ला हुम्लाका सेक्रेटरी कलम बुढा विश्व दीप सी को अध्यक्षतमा र नेकपा स्थायी कमिटी सदस्य,कर्णाली प्रदेश इन्चार्ज तथा संविधान सभा सदस्य कर्णजीत बुढाथोकी सुशील सी लगायतका नेता कार्यक्रता सहितको टोलीले सोहि स्थानमा पुगेर राहत सागग्रीहरु हस्तान्तरण गरेको थियो।

पीडित परिवारलाई राहत स्वरुप चामल, सोलार,प्यानल,झोला, पाइन्ट,टयाकसुट,कोट,स्टकोट,रुमाल,मोजा,भेष्ट,हाते मोजा,पानी खाने बोतल,नुहाउने साबुन ,लुगा धुने साबुन र स्टेनरी लगायतका राहत सामग्री हस्तान्तरण गरिएको नेकपा केन्द्रीय सदस्य कृष्ण बोहरा कुमार सीले बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य,कर्णाली प्रदेश इन्चार्ज तथा संविधानसभा सदस्य सुशील सी,केन्द्रीय सदस्य डी आर सी ,केन्द्रीय सल्लाहकार दीपक जंगम सी, वामपन्थी युवा नेता प्रकाश रोकायाको विशेष पहलमा राहत सामग्री उपलब्ध भएको जिल्ला सेक्रेटरी कमल बुढा विश्वदीप सीले जानकारी गराउनु भयो ।राहत सामग्री मध्ये केही नेपाल कम्युनिष्ट पार्टीलेनै आफैलै उत्पादन गरेको सामग्री रहेको समेत जानकारी गराएको छ । आगलागी पीडितहरुलाई प्रकृतिको आधारमा राहत वितरण गरिएको हो । पूर्ण तथा आंशिक रूपमा क्षति भएका घर परिवारहरू लाई पनि खाद्यन्न,लुगाकपडा,स्टेसनरीका सामानहरु सहयोग गरेको छ ।

नेकपा हुम्लाले श्रम संघर्ष उत्पादन नीति अनुसा एक महिने श्रम संघर्ष उत्पादन योजना अनुसार बिरुवा रोप्ने कार्यक्रम संचालन गरेको छ ।
सबै नेता कार्यकर्ताहरुको सहभागितामा हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–३ उनापानीको सैनमा रहेको स्थानीय व्यक्तीको एक विगा जग्गा भाडामा लिएर दुई सय सुन्तलाको र दुई सय कागतीको बोट रोपेको नेकपा हुम्लाले फिल्को मिशन डटकम लाई नेकपा केन्द्रीय सदस्य बोहरासीले बताउनु भयो ।
