प्रधानमन्त्री ओली द्धारा चुवाँखोला बेलिब्रिजको उद्घाटन, छबीस बर्ष पछि जोडियो राष्ट्रिय सडक सञ्जाल संग हुम्ला

फिल्को मिसन

असार २२,२०८२
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ को चुवाँखोला रहेको कर्णाली नदीमा निर्माण सम्पन्न भएको बेलिब्रिज उद्घाटन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोड्ने पुगेको हो ।
बेलिब्रिज उद्घाटन भएसँगै कर्णाली करिडोर दक्षिणमा रहेको नेपालगन्ज रहको जमुनाहा देखि उतरी हुम्लाको हिल्सा सम्मा त्रिदेशीय अन्तराष्टिय व्यापरी सडक औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । आज प्रधानमन्त्री ओलीले खार्पुनाथ गाउँपालिका ५ स्थिती चुुवाखोलामा रहेको कर्णाली नदिमा रहेको वेलीब्रिज उद्धाघटान पछि आज हुम्ली नागरिकको सपना पूरा भएको बताए। ।नेपालका ७७ जिल्लामध्ये जोडिन बाँकी रहेको हुम्ला जिल्ला विसं २०८२ साल असार २२ गते आएर राष्ट्रिय सडक सञ्जालसँग जोडिनको पुगेको हो ।


ठुला ट्रक र टिप्परसहितका सवारीसाधन अबदेखि नेपालगन्जमा रहेको जमुनाहा देखि सुर्खेत,कालिकोट ,बाजुरा, हुम्लाको उतरी चिनको तिब्बत हिल्सानाकामा नियमित वारपार हुने भएका छन ।
नेपालगन्ज, सुर्खेतदेखि हुम्लाको सदरमुकाम सिमकोटमा गाडी सञ्चालनमा आएपछि यहाँका व्यवसायीलाई सहज भएको छ । हवाई माध्यमबाट ढुवानी हुँदै आएको सामग्रीभन्दा गाडीले ढुवानी गर्न सुरु गरेपछि व्यवसायीको सामान सस्तो मूल्यमा आउन थालेको स्थानीय व्यापरी  बताए । उहाँले गाडीबाटै सामान ढुवानी हुनथालेपछि उपभोक्तालाई सहज भएको बताउनुभयो ।


चुवाखोला–कर्णाली नदीमाथि बेलिब्रिज बनेसँगै हुम्ला सदरमुकाम सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने दशकौँदेखिको बहुप्रतीक्षित सपना पूरा भएको हो । राष्ट्रिय गौरवको आयोजना कर्णाली कोरिडोर विसं २०५६ सालमा शिलान्यास भएको थियो । दक्षिणको नेपालगन्ज–जमुनाहा नाकादेखि उत्तरी हुम्लाको चीन–नेपाल हिल्सा नाका जोड्ने यो कोरिडोर ६८२ किलोमिटर लामो दुरीको सडक आज जोडिएको छ ।

छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा एलसी सहितको क्वारेन्टाइन निर्माण गर्ने प्रतिवद्वता जनाउनुभयो । सिमकोटलाई रास्ट्रिय सडक सञ्चालनसँग जोड्न चुवाखोला बेलिवृज पुलको उद्घाटन गर्न खार्पुदोभानमा पुग्नु भएका प्रधानमन्त्री ओलीले त्रिदेशीय महत्वपूर्ण नाका भएकोले यहाँका व्यापार व्यवसायको ठूलो सम्भावना बोकेको बताए । प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई चीन, नेपाल भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइने र यसलाई तत्काल दुई लेनको सडक कालोपत्र गर्दै लैजाने बताउनुभयो ।


रास्ट्रिय सडक सञ्चाल सँग हुम्ला जोडिएपछि खुसी व्यक्त गर्नुका साथै नेपाली सेनाको छोटो समयमा कामपरिणमा देखिएको प्रति प्रसंसा गर्नुभएको थियोे । सिमकोट सडकसँग जोड्नका लागि आफुलाई नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञावलीले हुम्लाका राजनितीक दलहरुको संयुक्त ज्ञापन पत्रको प्रयास बाट अहिले ज‍ोड्न विकास निमार्णमा सफल गरेको बताउनु भयो । अहिले आएर रास्ट्रिय सडकसँग जोडिएको जिल्ला उद्घाटन गर्न पाउनु ठुलो रहेको प्रधनामनत्री ओलीको भनाई रहेको थियो ।


आजदेखि हुम्लामा राष्ट्रिय सडक सञ्जालमा मात्र जोडिएको छैन् समृद्धको सपना भएको हुम्ला औपचारिक रुपमा बाटे खुलेको हो । उत्तर चिन, मध्ये नेपाल र दक्षिणमा भारतीन  मार्गले जोडिने नभई, नेपालकै रणनीतिक महत्व बोकेको कर्णाली करिडोर सकड बनको छ ।


नेपाली सेनाले चालीस दिनमो खार्पु बेलिब्रीजमा रिवन काटेल गाडी पास गराए पछि औपचारिक रुपमा हुम्ला सडकले उत्तर दक्षिण जोडिए सँगै सडक हुम्लीहरुको सपनामा साकार भएको छ । प्रधानमन्त्री ओलीले छिमेकी मुलुक चीनसँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन निर्माण गरिने प्रतिवद्धता जनाए । उनले यहाँ व्यापार व्यवसायको ठूलो सम्भावना भएको उल्लेख गर्दै छिमेकी मुलुकसँग व्यापार व्यवसाय गर्न पनि क्वारेन्टाइन तत्काल स्थापना गर्न आवश्यक भएको बताए ।


प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा (एमाले) का उपमहासिचव प्रदीप ज्ञवाली, कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत हुम्ला पुगेका थिए । कर्णाली करिडोर निर्माण आरम्भ भएको २६ वर्षपछि हुम्ला सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस