नेपाल महिला संघको ख प्रदेश कार्य समिति सञ्चारकर्मी लामा चयन
असार २०,२०८२ शुक्रबार
सिमकोट । नेपाली कांग्रेस निकट नेपाल महिला संघको ख प्रदेश कार्य समितिमा हुम्लाको अधिवेशन सम्पन्न भएको छ ।संञचारकर्मि छपला लामाको सभापतित्वमा २७ सदस्यीय नयाँ कार्य समिति चयन भएको नेपाली कांग्रेस हुम्लाले जनाएको छ । महिला संघको उपसभापतिमाा आङमु लामा, शुसिला शाही, सचिवमा लक्ष्मीरुपमा खत्री, नन्दपुरी जेठार, कोषाध्यक्षमा हिरकला परियार, सहसचिवमा कछोमा लामा र सरस्वती सिंह सँगै काँसी पुरा रोकाया लगात २७ जना को प्रदेश कार्यसमिति रहने गरी नेपाल महिला संघको ख नं प्रदेश कार्यसमिति चयन भएका छन् ।
त्यसै गरि असार १५ गतेमा नेपाल महिला संघ क प्रदेशको अध्यक्षमा पबित्रा देबकोटा चयन भएकी छन् ।त्यसैगरि उपाध्यक्षद्धयमा चेता शाही र रेलकला रोकाया चयन भएकी छन भने सचिवद्धयमा चन्दा रावल र दिपा रावल चयन भएकी छन्। त्यसैगरी कोषाध्यक्षमा दानकला तामाङ, सहसचिवमा तथा ऐडी र एउटा सहसचिव भने रिक्त रहेको छ। उक्त पद चंखेली गााउँपालिकाबाट चयन गरिनेछ। त्यसैगरि भेग क्षेत्र र भुगोलबाट १८ जना सदस्यहरु चयन भएका छन् ।