जिया स्मृति फाउन्डेशन द्धारा अपाङ्गता भएका बालबालिका लाई ट्रयाक्यासुट वितरण

भक्त राज ऐडी

असार १९ २०८२, विहीबार
हुम्ला । सिमकोटमा रहको सामाजिक संस्था हिमाली शिक्षा र विकास हेड नेपाल संस्थामा आश्रित बालिबालिका लाई जिया स्मृति फाउण्डेसन द्धार न्यानो ट्रयाकसुट वितरण गरेको छ ।


उक्त जिया स्मृति फाउडेशनका संरक्षेक तथा पूर्वाधार विकास कार्यालय हुम्लाका लेखा अधिकृत नवीन बहादुर शाहीको जन्मदिनकै अबसरमा हेड नेपाल संस्थामा रहेका शारीरिक र पूर्ण तथा न्यून दृष्टि विहिन भएका ५८ जना बालबालिकाहरुलाई एक सेट ट्रयाक्यासुट र दुई सेट सांस्कृतिक कार्यक्रमको लागि ड्रेस सहयोेग गरेको हेड नेपालका कार्याकारी निर्देशक छुटुप लामाले बताउनु भयो ।

जिया स्मृति फाउडेशनका संरक्षेक तथा पूर्वाधार विकास कार्यालय हुम्लाका लेखा अधिकृत शाहीको जन्मदिनको अवसरपारी र आफनी आमाको स्मृति फाउडेशनको नामक संस्थाका संरक्षण द्धारा यो भन्दा पहिला नै विभिन्न सामाजिक कार्यक्रम संचालन गर्दैै आएको जानकारी दिएको छ ।


त्यसै गरि हेड नेपाल संस्थाको आवासिय समावेशी शैक्षिक स्रोत केन्द्रमा रहेका उत्कृष्ट नतिजा ल्याउने बालबालिकाहरूलाई नगद पुरस्कार पनि वितरण गरिएको छ । जसमा प्रथम कक्षा ३ का छात्रा कविता रोकायालाई रु ७ ०००, द्वितीयमा कक्षा ५ का छात्र एकिन्द्र रोकायालाई रु ५,००० र तृतीय कक्षा ६ का छात्र दल बहादुर बुढालाई रु ३,००० नगद पुरस्कार राशी वितरण गरेको छ ।


त्यसै गरि जन्मदिनको अवसरमा कविता वाचन गर्ने कक्षा १० की सर्मिला बम र डान्स प्रस्तुत गर्ने कक्षा ५ का एकीन्द्र रोकायालाई पूर्वधार विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख नरेश राज जैसीले पनि एक÷एक हजार नगद पुरस्कार दिएको खबर हेड नेपालका कार्यकारी निर्देशक लामाले बताए । कार्यक्रममा जिल्लामा रहेका प्रमुख व्यक्तित् हरुको सहभागितामा जिया स्मृति फाउण्डेशनका संरक्षक नवीन शाहीको प्रमुख आथित्यमा र हिमाली शिक्षा र विकास हेड नेपाल संस्थाको कार्यकारी निर्देशक छिटुप लामाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस