हुम्लामा माटोको ढिस्को खस्दा १ जनाको मृत्यु, ५ घाइते
असार ३,२०८२
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका– ४बुराउसेमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सिमकोट गाउँपालिका–४की २३वर्षीया सुवित्रा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शंकर पोखरेले बताए। घाईते विक लाई जिल्ला स्वस्थ्य कार्यालयमा उपचारको क्रममा ल्याउँदै गर्दा मृत्यु भएको हो ।
माथिबाट आएको ढिस्कोले बाजुरा जिल्ला जगन्नाथ गाउँपालिका–१ का २५ वर्षीय पदम सार्की, सिमकोट गाउँपालिका–४ का २२ वर्षीया शर्मिला विक, सिमकोट गाउँपालिका–४ का ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन् । घाइते हुनेमा उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनास्थल जोखिमयुक्त भू–भागमा पर्दछ र निर्माण कार्यका क्रममा आवश्यक सुरक्षात्मक उपाय नअपनाउँदा यस्ता दुर्घटना भएको हो ।