उनपानीमा भीषण आगलागी, आठ परिवार घरबारविहीन

फिल्को मिसन

असार १,०२०८२
हुम्ला । हुम्लाको सुर्केगाड गाउँपालिका–३ उनपानी गाउँमा शनिबारमा भएको भीषण आगलागीमा परी कम्तीमा ८ व्यक्ति घरविहीन भएका स्थानीयले बताएका छन्
अचानक रातीको समयमा गोठबाट शुरु भएकोे आगो ८ घर परिवार तिन तलेघर जलेर नष्ट भएका छन् । आगलागीबाट मानवीय र पशु क्षति नभएको र स्थानीय र प्रहरीको सहयोगले आगो नियन्त्रणमा आएको छ। आगलागी बाट सर्केगाड गाउँपालिका–३ का धनबहादुर रावत,बिर्ख रावत,जनक रावत,बाटुली रावत,लालकर्रौ फडेरा,पाले फडेरा,आशा फडेरा र बिर्जन फडेराको घर जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले जानकारी दिए । अहिले सम्म मानवीय तथा पशु चौपाय क्षति नभएको र स्थानीयवासी र प्रहरीहको सहयोगमा आगो निभाउने काम भइरहेको डिएसपी पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस