हुम्लाको रेडियो कर्णाली एफएम १४ औं बर्षमा प्रवेश

भक्तराज ऐडी ।

असार १, २०८२
हुम्ला । एकिृत सामुदायिक विकास तथा अनुसुन्धान केन्द्र संस्थाद्वारा संचालित रेडियो कर्णाली आवज एफ एम हुम्लाको आज १३ वर्ष पूरा गरी १४ औँ वर्षमा प्रवेश गरेको छ ।
निकटको रेडियो विकटको आवाज’ नाराका साथ २०६९ साल असार १ गतेका दिनमा स्थापना भएको रेडियो कर्णाली आवज एफ. एम. आज विधिवतरुपमा आइतबार विहान आठ बजे केक काटेर वार्षिक उत्सव मनाइए छ ।

वि. सं. २०६९असार १ गतेदेखि एफ. एम. व्याण्ड ९४ थोप्लो २ मेगाहर्जबाट प्रशारण आरम्भ गरेको रेडियो कर्णाली आवज एफ. एम.ले विपन्न, पछाडी पारिएका नागरिहरुको आवाज बुलन्द बनाउँदै आएको छ । दुर्गम जिल्ला हुम्लामा नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्दै सञ्चारकर्म गर्ने अभिप्रायले रेडियो कर्णाली एफ. एम. सञ्चालनमा आएको हो। विशेषगरी, रेडियोले पर्यटन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको रेडियोका स्टेसन म्यानेजर नवराज महताराले भिडियो, अडियो प्रतिबेदन पनि प्रस्तुत गर्नुभएको थियो ।
रेडियो कर्णाली आवाजको वार्षिक उत्सवका अवसरमा सिमकोट गाउपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, काँग्रेस उपसभापति बसन्त रोकाया, एमाले अध्यक्ष ज्ञानी बुमी, माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, पत्रकार महासंघका अध्यक्ष राजन रावत, प्रेश युनियनका अध्यक्ष राज शाही, प्रेश सेन्टरका भक्ताराज ऐडी लगायतले शुभकामना दिनुभएको थियो । रेडियो र सञ्चार माध्यहरुमा क्षेत्रमा उल्लेखनीय योगदान गरेकोे अझै निष्पक्ष र स्वतन्त्र हुनु पर्ने वार्षिक उत्सव कार्यक्रमा सहभागी वक्ताहरुले सुझाव दिनुभएको थियो ।
यस्तै कार्यक्रम अध्यक्ष तथा रेडियो सञ्चालक समितिका सदस्य नाग्म्याल तामाङले हुम्ला जस्तो दुर्गम जिल्लामा रेडियोले महत्वपूर्ण भूमिका खेलेको बताउँनु भयो । कार्यक्रम शुरुमा स्वागत मन्स्वातव्य संचालक समितिका सदस्य कमल बोहराले स्वागत गरेको थिए ।

प्रतिक्रिया दिनुहोस