खार्पुनाथ गाउँपालिको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

फिल्को मिसन

जेठ,२५ ,२०८२
खार्पुनाथ । हुम्लाको खार्पुनाथ गाउँपालिकामा पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरेको छ । गाउँपालिकाभित्रका सम्पूर्ण घरधुरीमा गरिएको सर्वेक्षणमा सबै बालबालिकालाई पूर्ण खोप लगाएको भेटिएपछि गाउँपालिकालाई नै पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको सो गाउँपालिकाका स्वास्थ्य संयोजक हरिभक्त शाहीले जानकारी दिनुभयो ।
“हामीले जन्मेदेखि पाँच वर्षसम्मका सबै बालबालिका पूर्ण खोपको पहुँचमा आएको निश्चित गरेपश्चात् मात्र पूर्णखोप गाउँपालिका घोषणा गरेका हौँ,” स्वास्थ्य संयोजक शाहीले बताउनु भयो ।
गाउँपालिकमा भएका सबै उमेर समूह ०–५९ बालबालिकालाई पूर्णखोप लगाइएको छ । खार्पुनाथ गाउँपालिका महिला स्वथ्यसेवकहरु, स्वाथ्यकर्मिहरुले सुनौला हजार दिनको समय अवधिभित्र र जन्माएको चार पटकसम्म पालिकाका सबै वालबच्चाहरु लाई नियमित खोप लगाएको छ ।
खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले पूर्णखोप गाउँपालिका घोषणा पहिलो एजेण्डा पूरा भएको जनाउँदै तत्काल पूर्ण साक्षृेरता र सरसफाई गाउँपालिका घोषणा गर्ने योजना रहेको बताउनुभयो । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाले ५ वटै वडाका बस्तीमा बालबालिकालाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस