खार्पुनाथले ग¥यो अर्धबार्षिक समीक्षा तथा सुनुवाइ (फोटो फिचर)

फिल्को मिसन

जेठ २५,२०८२
हुम्ला । खार्पुनाथ गाउँपालिकाले अर्धबार्षिक समीक्षा तथा गुनासो सुनुवाई कार्यक्रम गरेको सम्पन्न गरेको छ । हालसम्म गाउँपालिकाद्धारा भए गरेका गतिविधि सार्वजनिक गर्न गाउँपालिकाले सो कार्यक्रम आयोजना गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत बिष्णुुबहादुुर शाहीले गत बर्षको र यसवर्षको अर्धबार्षिक समिक्षा तथा सार्वजनिक सुुनुवाई कार्यक्रम पालिकामा भएगरेका गतिविधि प्रस्ततु गर्नुभयो । गाउँपालिका केन्द्रमा सार्वजनिक स्थानमा आयोजना भएको उक्त कार्यक्रममा हालसम्म गाउँपालिकाले तय गरेका कार्यक्रम अनुुसार भएको प्रगति बिवरणसमेत सार्वजनिक गरेको थियो ।


गाउँपालिका अन्तर्गतका सेवा प्रदायक शाखाहरू र विभिन्न गैरसरकारी संस्थाहरूले आ.व. २०८१–०८२ मा गाउँपालिका भित्र सञ्चालन गर्दै आएको कार्यक्रमहरूको समीक्षा गोष्ठी कार्यक्रममा प्रगति विवरण गरेका थिए । कार्यक्रममा शिक्षा तथा खेलकुद,कृषि तथा पशुपंक्षि, स्वास्थ्य शाखा, स्वरोजगार लगायतका शाखाहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए ।


समीक्षा गोष्ठीमा बोल्दै गाउँपालिका अध्यक्ष कर्ण रावले सेवाग्राहीलाई सहज र सरल ढङ्गबाट सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरे ।
कार्यक्रममा गाउँपालिका उपध्यक्ष ज्ञान बहादर सिंह ‘भरत’गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, पाँच नम्बार वडा अध्यक्ष भरत शाही लगायतकाले बोलेका थिए । खार्पुनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम रेडियो कैलाश एफ.एफ समन्वयमा संचालन भएको हो । गत बर्षको भएका गरेकार गतिविधिका समीक्षा र आगामी आर्थिक वर्ष ०८२।०८३ का लागि नीति, योजना र कार्यक्रमको निति योजना तथा सुझाव सकलन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस