कर्णाली करिडोरको ११ दिने अभियान सम्पन्न :बाजुराको कवाडी देखि हिल्सा सम्म
जेठ १६,२०८२ शुक्रबार
सिमकोट । नेकपा माओवादी केन्द्र हुम्लाले सञ्चालन गरेको जागरण तथा समाजवादका लागि कर्णाली करिडोर अभियान उतरी हुम्लाको हिल्सामा सम्पन्न गरेको छ ।
अभियान सम्पन्न गरिसकेपछि जिल्ला सदरमुकामा सिमकोटमा प्रेस सेन्टर हुम्लाले आयोजना गरेको पत्रकार संघ भेटघाट कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमीदोर्जे लामा “आशाकार”ले माओवादीप्रति देखिएको जनविश्वास, ‘कर्णाली करिडोर अभियान’,को लक्ष्य संगै जनता संग छलफल भएको बताए । यो अभियानले एकता सुदृढ गर्न सफल भएको भन्दै माओवादीले उक्त अभियान पार्टीको मात्र नभई सम्पूर्ण कर्णाली बासीको लागि कर्णाली करिडो भाग्य रेखा कार्ने अभियानका रुपमा सफल बन्ने दाबी गरेको छ ।अर्को प्रसङमा नेपालमा भ्रष्टचार नियन्त्रण गर्ने कार्यलय अख्तिीयार अनुसून्धान नियन्त्रण कार्यालय र हरेक कार्यालयहरु चेकजाँज गर्ने भनेर महालेखा नियन्त्रण कार्यालय कर्माचारीनै भ्रष्टचार केन्द्र बनेको इन्चार्ज लामाको ठोकुवा गर्नु भयो ।
नेकपा (माओवादी केन्द्र) हुम्लाका इन्चार्ज इन्चार्ज छिमीदोर्जे लामा“आशाकार”को नेतृत्वमा हुम्लाु र बाजुरा विच सिमाना कवाडीबाट सुरु भएको ‘कर्णाली करिडोर अभियान’ उतरी चिनसंग जोडिएको नाम्खा गाउँपालिकाको हिल्सामा गएर अभियान सम्पन्न भएको थियो ।
हुम्लाको दक्षिण क्षेत्र जेठ १ गते बाट शुरु भएको ‘कर्णाली करिडोर अभियान’ कवडी,गल्वागाड,तुम्चा,पिल्लाङ,सर्केगाड,याङक्चु,सिमकोट,याल्वाङ हुँदै हुँदै चिन संगजोडिएको हिल्सा सिमानमा ११ दिने अभियान सम्पन्न गरेको थियो ।
नेकपा (माओवादी केन्द्र) हुम्लाले ‘कर्णाली करिडोर अभियान’ दक्षिण नेपालगन्जको जमुनाह देखि उतरी हुम्लाको चिनसंग जोडिएको हिल्सामा कर्णाली नदी संगै जोडिएको राजमार्ग केन्द्रित अभियान लाई जनतासँग पार्टीको सम्बन्ध बलियो बनाउने उद्देश्यले राजनीतिक जागरणको अभियानका रूपमा लिएको जिल्ला संयोजक डा दिपेन्द्र रोकायाले जानकारी दिनुभयो । कर्णाली करिडोर अभियानका बारेमा जिल्लाका पत्रकालाई आफनो अभियानको बारेमा जानकारी गराउने उद्धेश्यले पत्रकार भेटघाट कार्यक्रममा आयोजना गरेको बताए । कर्णाली करिडोर अभियानकै विचमा हुम्ली जनताले उठाएको बिषयको समस्या समाधानगर्नको लागि प्रदेश र संघिय सरकारसंग धेर्रै गुनासाहरु राख्ने माओवादी केन्द्रका जिल्ला संयोजक डा.रोकायाले बताए । नेताहरुको प्रबृतिको कारण गणताान्त्रिक ब्यवस्था माथि नै प्रश्न उठिरहेको र सच्चिएर अगाडी बढ्नु पर्ने बताए। देशमा देखिएका बिकृती र विंसंगतिको भागीदार माओवादी केन्द्र पनि भएको। पार्टी आत्मालेचना गर्दै सच्चीएर अगाडी बढ्ने निर्णय गरि सकेको र अहिलेको अभियानमा जनतासंग यो राखिएको उनले बताए। कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाहरुको पनि जवाफ दुवै जना नेताहरुले दिएका थिए।
अहिलेको समसामयिक राष्ट्रिय राजनीतिको विषयहरुमा पनि गणतन्त्र राष्ट्रको र संसारकै उत्कृष्ट व्यवस्था भएपनि गणतन्त्रप्रति जसरी चाहिँ प्रहार गर्ने कोसिस गरिरहेका छन् । विकृतिहरू भनेको भ्रष्टाचार कमिसनहरुलेनै मान्छेको दिल दिमागमा गणतन्त्र पनि धाराब पर्ने देखिन्छ । वडा देखि गाउँपालिका हुदै प्रदेश र संघमा योजना माग सेटिङिकै भरमा आयोको देखिन्छ । र बजेट जिल्लका कार्यालयको वार्षिक बजेट सिलिङभन्दा बाहेकका योजनाहरु जति आउँछन् ती सबै सेटिङमा आउँछ नै हामी चाहिँ के भन्छ योजनाहरु त आलेपा मालेपाहरू आउने र पैसाको बिटो बोकेरै जान्छ । यस बारेमा पत्रकार खोजनिति गरेर बाहिर ल्याउन आग्रह गर्नु भयो ।