कक्षा १२को परीक्षामा हुम्लामा ६२ परीक्षार्थी अनुपस्थित

फिल्को मिसन

वैशाख २१,२०८२
हुम्ला । माध्यामिक विद्यालय तहको कक्षा १२कोे वार्षिक परीक्षा आजदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजे सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको शिक्षा समन्वय इकाई हुम्लाका निमित्त प्रमुख योगेश आले मगरले जानकारी दिए।
आजबाट शुरु भएको कक्षा १२को परिक्षा हुम्लाबाट नियमिततर्फ ५ सय ७९ जना विद्यार्थीले परीक्षा फारम भरेका थिए । पहिलो दिन अनिवार्य अग्रेजी विषयमा भने ५ सय १७ परीक्षार्थीले परिक्षा दिएका थिए भने ६२ जना परीक्षार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा समन्वय इकाई निमित्त प्रमुख आलेमगरले बताए ।
हुम्लाका सातै गाउँपालिका पाँच परीक्षा केन्द्र रहेको छ ।जसमा सिमकोटमा रहेको मानसरोवर माविबाट ४० छात्र र ५८ छात्रा गरि ९८ जना उपस्थित हुदा ४ छात्र र ६ छात्रा गरि १० जना अनुपस्थित रहेका परिक्षा केन्द्र प्रमुखले बताए ।
त्यस्तै खार्पुनाथ गाउँपालिका वडानं ४मा रहेको सिता माविबाट २२ छात्र र २४ छात्रा गरि ४६ जनले परिक्षा दिए भने १ छात्र र २ छात्रा गरि ३ जना अनुपस्थित रहेको, हिमज्योति मावि सर्केगाडमा ९२ छात्र र ९५ छात्रा गरि १ सय ८७ जनाले परिक्षा दिएको छभने १२ छात्र र ४ छात्रा गरि १६ जना विद्यालर्थीहरुले परिक्षा दिन नआएको बताएको छ ।
त्यसैगरि सुर्योदय मावि अदानचुली गाउँपालिकामा भने ३१ छात्र र ४० छात्रा गरि ७१ ज्नाले परिक्षा दिए भने १ छात्र १ छात्रा गरि २ जना परिक्षार्थी सहभागी नएको नि प्रमुख मगरले बताए ।
उत्ता ताँजकोट गाउँपालिकामा रहेको धर्मोदय माविबाट ५० छात्र र ६५ छात्रा गरि १सय १५ जना विद्यार्थीले परिक्षामा सहभागि भ एभने ११ छात्र र २० छात्रा गरि ३१ जना परीक्षार्थी सहभागी नभएको जानकारी प्रमुख आलेमगरले बताए । पहिलो दिनको परीक्षा व्यवस्थित, मर्यादित, निष्पक्ष, भय वातावरणमा सञ्चालन भएको पनि मगरले बताए। भोलि दोस्रो दिन कम्प्युटर विषयको परीक्षा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस