माओवादीकेन्द्रको सिमकोट सातमा जनवर्गिय संगठन समिति गठन
वैशाख १९,२०८२ शुक्रबार
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका वडानं ७मा नेकपा माओवादी (केन्द्र)ले आफ्नो जनवर्गिय संगठनहरुको समिति गठन गरेको छ । बैठकले कम्युनिष्ट लिग (वाईसिएल), अखिल नेपाल महिला संघ(क्रान्तिकारी),अखिल नेपाल किसान महासंघ(क्रन्तिकारी) र नेपाल दलित मुक्ति मोर्चाको समिति गठन गरेको हो ।

नेपाल योङ्ग कम्युनिस्ट लिग (वाईसिएल)मा उम्रित सिंहको अध्यक्षतामा २१ सदस्य गठन गरेको छ । जसमा उपाध्यक्ष अंग शाही,सचिव काँसी सुनार र कोषाध्यक्षमा प्रेम शाही चयन गरेको छ । त्यसैगरि अखिल नेपाल महिला संघमा कर्मा शाहीको नेतृत्वमा उपाध्यक्ष बिजा सिहं,उपाध्यक्ष हिरा शाही,सचिब नानदेवी शाही,कोषाध्यक्ष सुस्मिता शाही गरि २१ सदस्यी गठन गरेको छ ।

अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र)मा बिजुली सिंहको नेतृत्वमा २१ सदस्यीय चयन गरेको छ । त्यसै गरि उपाध्यक्ष दिर्क शाही,सचिव सुनिल शाही, कोषाध्यक्ष ज्ञान सिङ सुनावर सदस्य विस्तार गरेको छ । त्यस्तैगरि लाल बहादुर सुनारको नेतृत्वमा २१ सदस्य दलित मुक्ति मोर्चा गठन गरेको छ । उपाध्यक्ष गणेश बिक,सचिव विरबहादुर बिक र कोषाध्यक्ष जनपुरा बिक लाई चयन गरेको हो ।

नेकपा माओवादी (केन्द्र) हुम्लाका समन्वय सचिव धर्मराज बोहरा (विज्ञान)को प्रमुख अतिथि रहनुभएको जनवर्गिय संगठन विस्तार अभियानमा,सोहि गाउँपालिका माओवादी केन्द्रका अध्यक्ष प्रकाश रावत, योङ्ग कम्युनिस्ट लिग वाइशिल जिल्ला अध्यक्ष काल बहादुर भण्डारी जुझारु,कर्णाली प्रदेस सदस्य विनोद विक र गाउँपालिका कोष्ध्यक्ष धनजित बोहरा अशोकको लगायतले बोल्नु भएको थियो । सिमकोट गाउँपालिका वडान)ं ७का वडा कमिटीका अध्यक्ष धोज्ज बाहादुर शाहीको अध्यक्षता गर्नुभएको कार्यक्रमको सहजिकरण दीपक शाहीले गर्नुभएको थियो ।
