सिमकोट पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

फिल्को मिसन

वैशाख २०,२०८२ शनिबार
हुम्ला हुम्लाको सदमुकाम रहेको सिमकोट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।’स्थानीय स्वामित्व र सहभागितामा, खोप सुरक्षित भविष्य पूर्ण खोप दिगोपन सुनिश्चितता गाउँपालिका ’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो ।
जिल्ला समन्वय समिति हुम्लाका प्रमुख तथा खोप समन्वय समितिका संयोजक शिवराज शर्माले पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभयो । उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला बिशेष अथिति प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले पूर्णखोप सुनिश्चित गर्न भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद दिँदै आगामी वर्षहरूमा पनि सबै बालबालिकालाई समयमै खोप लगाउने वातावरण निर्माण गाउँपालिकाका लाई आग्रह गर्नुभयो ।


कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र समन्वय प्रमुख शर्माले सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)लाई हस्तान्तरण गर्नु भएको थियो । सो अवसरमा पालिका अध्यक्ष भण्डारीले खोप पालिका सुनिश्चितता घोषण गर्न सहयोग गर्ने कर्मचारीलाई धन्यवाद दिँदै खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले.खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताउनुभयो ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख नर बहादुर भण्डारीलले बताउनुहुन्छ । स्वास्थ्य शाखा साहयक प्रमुख बशन्ती रावत भन्नुहुन्छ, “राष्ट्रिय खोप तालिका अनुसार पालिका ८ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।“
पालिकाले दिगोपना र पूर्ण खोप सुनिश्चितताका लागि हरेक नियमित खोपको घरभेट सर्वेक्षण गर्ने उमेर अनुसार खोप पाएनपाएको यकिन गरेर खोप लगाउन छुटेको पाइएमा खोप दिने व्यवस्था गरेको छ । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको घोषणा कार्यक्रममा जानकारी दिइएको थियो ।


खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरु सबैले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेका छन् । घोषणा भएका सबै गाउँपालिकालाई पूर्णखोप सुनिश्चितताको घोषणा भएको तथा दिगोपना कायम राख्नका लागि प्रशंसा–पत्र समेत प्रदान गरिएको थियो ।
पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गर्नुअघि सिमकोट गाउँपालिकाको प्रत्येक घरधुरीमा स्वास्थ्यकर्मीहरू पुगेको, पूर्ण खोप सुनिश्चितताको लागि घरधुरी सर्वेक्षण गरिएको छ । घरधुरी सर्वेक्षणको क्रममा पूर्ण खोप पाएका १५ देखि ५९ महिनाका बालबालिकाहरु ८ वटै वडामा ४सय ५५ जना रहेका छन ।


पालिकाभर ०–५९ महिना उमेर समूहका ४सय ५५ जना बालबालिका रहेकोमा दोजाम आधारभुत स्वास्थ्य केन्द्रमा १९ जना, ठेहे स्वास्थ्य चौकीमा ७४ जना, बरगाउँ स्वास्थ्य चौकीमा ८ जना, वुराउसे आधारभुत स्वास्थ्य केन्द्रमा १० जना, जिल्ला अस्पतालमा १३ जना, माथिल्लो गाउँ आधारभूत स्वास्थ्य केन्द्रमा २४ जना, डाडाफया स्वास्थ्य चौकीमा १५४ जना,स्याडा स्वास्थ्य चौकीमा १४३ जना बालबालिका रहेका छन्। खोप लिई रहेका जन्मेद देखि १५ महिनासम्मक बालबालिका भने १८४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस