नेपाल महिला संघ सिमकोटमा अध्यक्षमा अम्बिका शाही
वैशाख १८,२०८२
सिमकोट । नेपाली कांग्रेसले नेपाल महिला संघ सिमकोट गाउँपालिकाको अध्यक्षमा अम्बिका शाहीलाई मनोनित गरेको छ ।
शाहीलाई कांग्रेसले महिला संघको अध्यक्षमा मनोनित गरेको हो । बुधबार संघको सिमकोटमा सम्पन्न अधिवेशनबाट शाहीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उपाध्यक्षमा दिपा बोहरा,हाँसु सुनार, सचिवमा विनकला शाही,कुसुम लामा,सह–सचिवमा बाचकली कामी र कोषाध्यक्षमा शोभा रोकाया सर्वसम्मत चयन भएका छन् ।