सर्केगाडको टेलिफोन सेवा अवरुद्ध

फिल्को मिसन

बैशाख १९, २०८२
हुम्ला ।सर्केगाड गाउपालिकामा रहेको नेपाल टेलिकमको टेलिफोन टावरमा सेवा अवरुद्ध भएको छ ।
सर्केगाड गाउँपालिका–५ स्थित कुति गाउँको भदालीमा रहेको टेलिफोन टावरमा खराबी आउँदा एक महिनादेखि सेवा अवरुद्ध भएको सरजित बुढाथोकी बताउँछन् । एक महिनादेखि टेलिफोनले काम नगर्दा वडा–१, ४, ५, ६, ७ र ८ नम्बर वडाका सेवाग्राही फोन सम्पर्कमा जोडिन नसकेको बताए ।
लामो समय नमस्ते मोवाईको टावरले काम नगर्दा सर्केगाड गाउपालिकाका सर्वसाधारण, स्वास्थ्यकर्मी, विभिन्न पेसा, व्यवसायमा संलग्नहरूलाई सञ्चरमा सास्ती खेप्नु परेको बताए ।
एक महिना देखी काम गर्न छोडेपछि सर्केगाड गाउँपालिकावासी सञ्चारविहीन भएका छन् । सर्केगाड गाउपालिकाका स्थानियले मर्मतको लागि नेपाल टेलिकम हम्ला लाई खबर गर्दा मर्मतको लागि कनै पहल हुन नसकेको वडानम्बर ४ का छवि थापाले बताए ।
महिना दिनदेखि टेलिफोन सेवाले काम नगरेपछि जिल्लाभित्र र बाहिर रहेका आफन्तसँग सम्पर्क विच्छेद भएको र पालिकाको केन्द्र सर्केगाड सहित आसपासका क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको दिल बहादुर थापाले बताए ।
उपभोक्ताहरूले गुनासोअनुसार नेपाल टेलिकमका फोन,इन्टरनेट र एसएमएस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरू समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस