हुम्लामा पनि मनाइयो राष्ट्रिय लेखक दिवस

फिल्को मिसन

 तेस्रो राष्ट्रिय लेखक दिवस अवसरमा खुला कविता वाचन गर्दें

 

वैशाख १६,२०८२
सिमकोट । हुम्लामा पनि राष्ट्रिय लेखक दिवस मनाइएको छ । नेपाली लेखक संघ हुम्ला शाखाको आयोजनामा तेस्रो राष्ट्रिय लेखक दिवसको अबसरमा खुला कविता वाचन कार्याक्रम मानसरवर होटलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा लेखक दिवसको अबसरमा सान्दर्भिकतामाथि बहस गरिएको थियो भने धरै कविहरुले शिक्षा संग जोडिएका कविता वाचन गरेका थिए ।
जिल्लामै पहिलो पटक १३ जना कविहरुले आफ्ना कविता बाचन गरेका थिए । कविहरुले गद्य, पद्य र छन्दमा समेत कविता तयार पारेर बाचन गरेको थिए ।कार्यक्रममा जिल्ल समन्वय समितिका प्रमुख शिबराज शर्माले जिल्लामा थुप्रै कवि रहेकामा खुसी ब्यक्त गर्दै कविता र देउडा एकै भएको बताए । जो कवित कोर्न आउछ कविले देउडा गित पनि वाचन गर्ने गरेको बाताए ।
उहाँले सो क्रममा लेखक दिवसको औचित्य प्रकाश पार्दै नेपाली लेखक संघले इतिहासको विशिष्ट दिनलाई स्मरण गर्ने गरी यो दिवस मनाउने प्रस्ताव गरेको बताउनुभयो । यो दिवस कुनै विचारसँग सम्बद्ध लेखकको नभई सम्पूर्ण नेपाली लेखकहरूको साझा दिवसका रूपमा स्थापित गर्ने गरी संघले थप कार्यक्रम ल्याउने समेत अध्यक्ष मधु बस्नेतले बताउनुभयो । सम्पूर्ण लेखकहरूलाई यस अभियानमा गोलबद्ध भएर लाग्नसमेत आग्रह गर्नुभयो ।
लेखक राजनीतिक दल र यिनका हरेकखाले गतिविधिको साक्षी बस्न नसक्ने र सत्ताको रचनात्मक स्थायी प्रतिपक्ष हुने भएकाले त्यसतर्फ हरेक लेखक सचेत रहन र लेखकीय सत्ता स्थापित गर्न लाग्नुपर्ने आग्रा गर्नुभयो ।
वि.सं. १९८७ सालमा ‘सरस्वती गुठी’ नामक सामाजिक संस्था स्थापना गरी पुस्तकालय सञ्चालन गर्ने उद्देश्यले ४५ जना कवि तथा लेखकले हस्ताक्षर गरी भीम शमशेरसमक्ष प्रस्ताव पेस गरेका थिए
साहित्कहित्यकार मधु बस्नेत, शिवशर्मा पाौड्यल, कैलाश रोकाया,कृष्ण प्रसाद आचार्य, टिकाराम पौडेल, जयवहादुर बम राजबहादुर शाही, गुर्मु लामा, छिरिङ पुनर लामा , प्रेमबहादुर लामा लगाएतले कविता बाचन गरिएको थियो ।
कार्यक्रमहरु बारम्बार सञ्चालन गरेर भएका श्रष्टहरुका रचनाहरु बाहिर ल्याउन सहयोग गर्नु पर्ने नेता भनाई रहेको थियो । कार्यक्रममा काग्रेस उपसभापति कैलश भण्डारि, एमाले उपध्यक्ष प्रकाश बहादुर शाही, एमाले सचिव धर्मराज बोहराको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस