हेलिकप्टरबाट गर्भवती महिलाको उद्धार
वैशाख १६,२०८२
सिमकोट । हुम्लाको सिमकोटबाट सुत्केरी बेथा लागेकी गर्भवती महिलाको उद्धार गरिएको छ । मंगलबार सिमकोट गाउँपालिका–२ की १६ वर्षीया पुष्पा बोहराको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।
सुत्केरी बोहरा लाई समय नपुग्दै बेथा लागेको र अवस्था जटिल भएको कारण सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको स्वास्थ्य सेवा कार्यालयकी वरिष्ठ अनमी सरिता बोहराले बताईन् । अनुसार उनलाई उद्धार गरेर प्रदेश अस्पताल सुर्खेत लगिएको र उपचार तयारी भईरहेको बोहराका आफन्तले बताए ।
आइतबार समस्या देखिएपछि उनलाई ठेहे स्वास्थ्य चौकी ल्याएर उपचारको प्रयास गरिएको थियो। स्वास्थ्य चौकीले सोमबार बिहान रेफर गरेपछि जिल्ला अस्पतालमा ल्याइएको थियो। सोमबार नै जिल्लाबाहिर रेफर गरिएको भए पनि कालिकोटको खराब मौसमका कारण हेलिकोप्टर आउन सकेको थिएन
गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कर्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।