वाइसिएल हुम्लाको सम्मेलन, अध्यक्षमा भण्डारी निर्वाचित
वैशाख १४,२०८२ आइतबार
हुम्ला । नेकपा माओवादी केन्द्रनिकट युवा संगठन वाइसिएल हुम्ला जिल्लाकोे तेस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट कालिबहादुर भण्डारी (जुझारु)को अध्यक्षतामा ७१ सदस्यीय जिल्ला समित निर्वाचित गरिएको छ । उपाध्यक्षमा औला हमाल, कासी रोकाया, सचिवमा दत्त तामाङ, सह सचिवमा लोकेन्द्र विक, राजु बुढा निर्वाचित भएको माओवादी केन्द्र सर्केगाड गाउँ कमिटी अध्यक्ष छवि थापाले बताउनुभयो । सर्वसम्मतरुपमा तेस्रो सम्मेलनबाट ७१ सदस्यीय कमिटी चयन भएका हुन् ।
सम्मेलनले संगठन सुदृढीकरण तथा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न प्रतिबद्धता व्यक्त गरेको छन् । नव–निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। सम्मेलनले वाईशिल लाई अझ सक्रिय, संगठित र जनमुखी बनाउने अभियानमा लाग्ने बताए ।