सेवाग्राही विना नै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हुम्लामा

फिल्को मिसन

वैशाख १३,२०८२ शनिवार
हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम सेवाग्राही विना नै सम्पन्न भएको छ । हुम्लामा संघ र प्रदेश मातहात संचालन हुने ५ वटा सरकारी कार्यालयहरू सेवाग्राहीसँग सेवा प्रवाहलाई प्रभावकारी बनाउने आयोजना भएको सार्वजनिक सुनुवाइ कार्यक्रम प्रभावहीन बन्ने पुगेको हो ।
सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ मा सार्वजनिक सुनुवाइ कार्यविधि अनुसार प्रत्येक चार/चार महिनामा कम्तीमा एकपटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान रहेको छ । कार्यालयको काम–कारवाहीलाई स्वच्छ,पारदर्शिता र सुशासन कायम गर्न,सर्वसाधारण सेवाग्रही लाई सम्बोधन गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।
हुम्लाका जिल्लाका पाँच वटा कार्यालयहरूले आफ्ना कार्यालयका गतिविधिहरूको सार्वजनिक सुनुवाइ गरेको थियो तर सेवाग्री,सरोकारावाल निकाया,स्थानीय तहका जनप्रतिनिधिले र दलहरु खासै उपस्थितिको भएनन् ।उक्त सुनुवाइ कार्यक्रममा समन्वय समितिका प्रमुख शिबराज शर्माले कार्यक्रम निक्कै महत्वपुर्ण भएका भएपनि सेवाग्राही उपस्थित हुन नसक्नु दुखद कुरा भएको बताए।


उक्त सर्वाजनिक सुनुवाइ कार्यक्रममा आफनो भनाइ राख्ने क्रममा जिल्ला प्रशासन कार्यालय हुम्लाले पहिलो पटक जिल्लास्थिती सरकारी कार्यालयको गतिविधि लाई आममास पुग्ने गरि सार्वजनिक कार्यक्रमको आयोजना गरेको स्वागत योग्य भएको पत्रकार महासंघ जिल्ला अध्क्षय राजन रावतले बताए ।
सरकारी कार्यालयहरूको गतिविधि तथा कार्यक्रमहरूको रणनीति,उद्देश्य अनुसार कार्य सम्पादन लगायत सेवाग्राहीलाई प्रदान गरिने सूचनाको हक सम्बन्धी सूचनामा मैत्रीपूर्ण वातावरण नभएको जनगुनासो आएरहेको वेलमा यो कार्यक्रम गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाँण्डेले बताउनुभयो ।
वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागिता हुन नेपाल सरकारका सङ्घीय र प्रदेश मातहतका कार्यालयहरू सबै स्थानीय तह प्रमुख र उपप्रमुख, राजनितिदलहरु, सेवाग्रही लाई अनिवार्य रूपमा उपस्थिति हुन लिखित सूचान गरिएको भएपनि सहभागिता नदेखिएको प्रमुख जिल्ला अधिकारीे पाँण्डेले जानकारी दिनुभयो ।


शनिबार गरेको सार्वजनिक सुनुवाइमा जिल्लाका पाँच वटा सरकारी कार्यालय कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजनाका, खानेपाली उर्जा तथा जलश्रोत बिकास कार्यालय,सामाजिक विकास कार्यालय, पुर्वाधार बिकास कार्यालय र परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) सार्वजनिक सुनुवाइ भएको थियो। सेवाग्राहीको उपस्थितिबिनै आयोजना भएको कार्याक्रममा पाँच वटै कार्यालयका प्रमुख एवं प्रतिनिधिले हालसम्म कार्यालयले प्राप्त गरेको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गरेका थिए।
यसरी आफ्नो कार्यलयको प्रगति विवरण प्रस्तुत गर्दे हिल्सा सिमकोट सडक योजनाका प्रमुख वेलबहादुर नेपाली, खानेपानी ऊर्जा तथा जलश्रोत बिकास कार्यालयका निमित्त प्रमुख नवाङ लामा, सामाजिक बिकास कार्यालयका प्रमुख हर्क बस्नेत, पुर्वाधार बिकास कार्यालयका प्रशासकीय अधिकृत श्रीकृष्ण देवकोट र परियोजना कार्यान्वयन इकाई (स्याउ जोन) का निमित्त प्रमुख लक्ष्मी अधिकारीले वाचन गरेको थिए ।

प्रतिक्रिया दिनुहोस