श्रीनगरमा बाढीको वितण्डा (फोटो फिचर)
बैशाखा ५,२०८२
सिमकोट । पन्ध मिनेटमा एकासी परेको मुसलधारे वर्षा सँगै विहीबार विहान हुम्लाको अदानचुली गाउँपालिका श्रीनगरमा माथिबाट आएको बाढीले बाढीले ५० वटा भौतिक संरचनामा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले सम्म क्षति भएको भवन तथा भौतिक संरचना, पशु चौपाया एवम् बालिनालि र आन्तरिक सडक बाटाहरुको क्षति हेर्दा १० करोड हाराहारीको क्षति हुन सक्ने अनुमान गरिएको छ ।
अचानक परेको वर्षापछि अदानचुली गाउँपालिका १,२,३ वडाका क्षेत्र माथिबाट बाढिले पहिरो जाँदा माथिबाट आएकोे बाढीले श्रीनगरमा बजारमा रहेका २० वटा पशल, घर,गाउँपालिका कार्यालय,वडा कार्यालय,स्वाथ्य चौकी, विद्यालय,स्कुल तथा सर्वसाधारणको घर,गोठमा क्षति पुराएको छ ।
बाढीका कारण गाउँपालिकाको वडा नम्बर३ छहराखेत स्थितको गोठमा राखिएका आइते बुढाको गोठमाथिबाट बाढी पस्दा क्षेती भएको छ । गोठमा राखिएका ८० भेडाबाख्रा मध्ये अन्य जीबितै निकाल्न सफल भएको भएपनि २९ वटा बाख्रा पुरिएर मेरेका छन । उद्धारमा खटिएका प्रहरीले जानकारी दिएको छ । केहि बाख्राहरु बाढिले पुरिएको बताएको छ ।

श्रीनगर बजारमा रहेको पसलहरु बाढीकै कारण अदानचुली २ निवासी अमृत बुढाको पसलमा ठुलो क्षती पुराएको छ । त्यसै गरि बाढी पस्दा पसलमा राखिएको सामानहरु केहि स्थानिय नागरीकको सहयोगमा बचाएको भएपनि अन्य सबै सामान बाढीले बगाएको नेपाल रेडक्रस सोसाइटी श्रीनगर उपाखाका सचिव अरविन्द्र बुमीले बताउनु भयो ।
सचिव बुमीका अनुसार बाढीका कारण पसलमा राखिएको चिनी, चामल, जुत्ता, चप्पल, साबुन, कपडा, तेल, चाउ चाउ, बिस्कुट लगायका अन्य दैनिक उपभोग्यका सामाग्री बाढीले बगाउँदा लाखौको क्षती भएको बताए ।

बाढीकै कारण श्रीनगर बजारमा भएका पसल र होटेलहरु र स्थानीएका घर सरकारी कार्यालयमा भवनहरुमा जलमग्न भएका थिए । पुर्ण रोकायाको होटल पुर्ण रुपमा क्षती भएको बताए । घटना स्थलमा प्रहरी,गाउँपालिका कर्मचारी,नेपाल रेडक्रस कर्मि र स्थानीय बासिन्दहरुको सक्रियतामा बाढिबाट उद्धार गरेको अदानचुली गाउँपालिका निमीत प्रमुख प्रशाकिय अधिकृत बुढालाले बताउनु भयो ।
बाढिले केहि घरका भित्ता गएका छन भने केही घर भत्किएका छन । त्यसै गरि बाढीकै कारण बजारमै रहेको सुर्याेदय माध्यामिक बिद्यालयमा ठुलो क्षेत्री पुगेको विद्यालय व्यबस्थापनि समितिका अध्यक्ष अनिता बुमीले बताउनु भयो । सूर्योदय माविको डेढ करोड रुपैयाँ बराबरको क्षति पुगेको बताइन् ।

बिद्यालयको माथिल्लो मैदानमा रहेको एक तले भवन पुर्ण रुपमा भत्किएको छ भने सोही भवनमा रहेका कक्षाकोठाका फर्निचरका सामान समेत भाच्चिएका छना् । विद्यालय घेरबार सहित विद्यालयमा संचालनमा आएको छात्रावास १२ कोेठा दुइ तले भावन, भान्सा कोठा ,अफिस र अन्य कोठाहरु सबै डुबानमा परि दैनिक कार्यसंचालन गर्न समस्या भएको अध्यक्ष बुमीले बताइन् ।
त्यसै गरि गाउँपालिकाको कार्यालयमा, श्रीनगर स्वास्थ्य चौकीको भवन लगायतका कोठाहरु माथिबाट आएको बाढी पस्दा जलमग्न भएको थियो ।

बाढि पस्दा गाउँपालिका कार्यलमा रहेका महत्वपुर्ण कागजात समेत बिजेर नष्ट हुनुको साथै कामकाज समेत बाधा बनाएका हित निमित्त प्रमुख प्रशासकिय अधिकृत विनोद बुढाले जानकारी गराउनु भयो । श्रीनगर स्वास्थ्य चौकीको उपचार कक्षमा बाढि पस्दा विरामी लाई उपचार समस्या आएको र औषधी समेत पानीले विजाएको बताए ।

त्यस्तै गरि श्रीनगरमा रहेको डिपो केन्द्रमा राखिएको खाद्यन्न बाढिले गर्दा खाद्यन्न भिजेको र स्थानीय,प्रहरी सक्रिलयातामा अर्को ठाउँमा स्थानन्तर डिपो केन्द्र प्रमुख प्रेम बुढाले बताउनु भएको छ । असिना पानि सहितको बर्षालीले बिभिन्न लागेको बाली नाली समेत नष्ट गरेको छ भने आन्तरिक सडक बाढिले बगाएको छ । अहिले त्यस क्षेत्रमा त्यहाको स्थानीय तह र प्रहरीले बाढिले पुराएको क्षेतीको बारेमा संकलन भईरहेको अदाचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।