बाढी बाट लाखौंको क्षति,  पहिरोले गोठभित्रै पुरिएर २७ बाख्रा मरे २९ वटा जिवितै उद्धा

फिल्को मिसन

रा
वैशाख ४, २०८२विहिबार
हुम्ला । विहिबार विहान एकासी परको बर्षाले विभिन्‍न स्थानमा लाखौंको क्षति भएको छ भने ठाउँ–ठाउँमा सडक अवरुद्ध भएका छन् । हुम्लाको अदानचुली गाउँपालिका–३ स्थीत गोठभित्रै पुरिएर २७ बाख्रा मरेका छन् । अदानचुली गाउँपालिका–३ का आइते बुढाको गोठभित्र रहेका ८१ बाख्रा मध्ये २९ वटा बाख्रा सकुशल निकाले भने २७ वटा बाख्रा बाढी आउँदा पहिरोले पुरिएर मरेको जानकारी प्राप्त भएको छ । बाँकी खोजी कार्य भईरहेको अदानचुली गाउँपालिका निमित प्रमुख प्रशासकिय अधिकृत हंस महताराले बताउनु भयो । एक्कासी आएको वर्षाले ठूलो क्षति पारेको अधिकृत महताराले बताए ।
विहिबार विहान आएको वर्षाले अदानचुली गाउँपालिकाका विभिन्न स्थानमा क्षतविक्षत बनाएको छ । विहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थाइ टहरा सहित पसलमा राखिएका सामानमा समेत ठूलो क्षति पुर्याएको रडेक्रश श्रीनगर उपशाखाका सचिव अरवेन्द्र बुमीले जानकारी दिनु भयो ।
अविरल वर्षापछिको बाढीले अदानचुलीमा ११ पसल, एक घर र एक भेडि गोठमा ठूलो क्षति पुर्याएको छ । ११ वटा पसल र १३ जना स्थानीयको घर बगाएर लिएको सचिव बुमीले बताउनुभयो ।
वर्षासँगैको बाढी सहितको लेदोका कारण अदानचुली गाउँपालिका–२ अमृत बुढा, अदानचुली गाउँपालिका–१ का बुद्धि महतारा लगायत व्यवसायीका पसलका सामग्रीमा ठूलो क्षति पुर्याएको हो । यहाँका अधिकांसका घर तथा टहरामा पानी पसेर विजोग बनाएको बताइएको छ ।
अविरल वर्षाका कारण पानीको बहावले स्थानीयहरुका घर, गाउँपालिका कार्यालयका भवन। विद्यालयहरु लगायत करोैडौको रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।
बाढीले अदानचुलीमा पुर्याएको क्षतीका बारेमा स्थानीय गल्फागाड,श्रीनगर प्रहरी चौकी रेडक्रस उपशाखाका पदधिकारी र स्थानीय सहयोगमाा बाढी प्रभावित क्षेत्रमा खटिरहेको छ, । कति क्षती भयो भन्ने एकिन र पुरा विवरण आउन अझै समय लाग्ने भएको प्रमुख जिल अधिकारी नारयाण पाण्डे बाताउनु भयो । एकासी परेको मुसलधारे पानिका कारण श्रीनगर बजार क्षेत्रमा ब्याबसाय गर्दै आएका ब्याबसायीका अस्थाई टहरा सहित पसलमा राखिएका सामानमा क्षती बनाएको छ ।

प्रतिक्रिया दिनुहोस