सिमकोटमा दुई करोडको लगानीमा फुटसल सञ्चालन

बैशाख १,२०८२,सोमबार
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका सदरमुकामा सिमकोटमा २ करोड ५० लाखाको लगानीमा फुटसल सञ्चालनमा आएको छ । स्थानीय ४जना व्यवसायहरुको लगानीमा पहिलोे पटक फुटसल सञ्चालनमा आएको हो ।आज औपचारीक रुपमा हाइअल्टीच्यूट इन्डोर सिमकोटको आयोजनामा फुलसल उद्धघाटन कर्णाली प्रदेशका नेपाली काँग्रेसका संसदिय दलका नेता तथा पूर्व मुख्य मन्त्री शाहीले उद्धघाटन गर्नु भएको छ ।
पछिल्लोे समयमा फुटबलप्रति अत्यन्तै आकर्षण बढिरहेको समयमा र हुम्लाको सिमकोटमा खेलमैदान अभाव भएका कारण जग्गा भाडामा लिएर फुटसल मैदान तयार गरिएको सञ्चालक राज बहादुर बस्नेतले बताउनु भयो । पाँच रोपनी जग्गा भाडामा लिएर दुई वटा मैदान बनाइएको छ । उक्त मैदानमा सेभेन सेभ साइडको एक वटा, स्केटिङ्ग खेल,व्याटमेटन र जिम एकै साथ खेल्न मिल्ने व्यबस्था गरिएको संचालक बस्नेतले जानकारी दिए ।
“हुम्लामा पहिलो चोटी फुटसल खेल संचालनमा ल्याएको र बालबालिका देखि युवामा फुटबलप्रति निकै आकार्ष बढेकोले खेल ठाउँ अभावका कारण सबैले खेल खेल्ने इच्छा हुँदाहुँदै पनि खेलमैदान नहुँदा सम्मस्या भएकोले आफुले फुटसल सञ्चालनमा ल्याएको बताए ।” फुटसलमा स्थानीय व्यापरी राज बहादुर बस्नते, वुद्धि रोकया लगायकात संयुक्त लगानी हो ।
खेलकूदमा आकर्षण बढाउन र बालबालिकालाई सानैदेखि फुटबलमा दक्ष बनाउने उद्देश्यसहित निकट भविष्यमा दक्ष खेलाडी बन्ने छन । फुटसल भनेको ‘मिनी’ फुटबल हो । यसको मैदान ४० मिटर लामो र २० मिटर चौडा हुन्छ । नियम सबै फुटबलसँग मिल्दाजुल्दा देखिए पनि केही फरक छन् । फाउल, फ्रिकिक, पेनाल्टी, रातो र पहेँलो कार्ड सबै फुटबलका नियमसँग मिल्छन् । यसमा ६ मिटर टाढाबाट पेनाल्टी हानिन्छ । गोलरक्षकलाई ब्याक पास दिन पाइँदैन । बल नियन्त्रणमा लिएपछि गोलरक्षकले पाँच सेकेण्डभन्दा बढी समय बल ‘होल्ड’ गर्न पाउँदैन । खेलाडीले रातो कार्ड पाएको दुई मिनेटपछि अर्को खेलाडी मैदान प्रवेश ग