एकीकृत समाजवादीको १० औँ राष्ट्रिय जिल्ला अधिवेशनको लोगो सार्वजनिक

चैत ३१, २०८१, आइतबार
सिमकोट । एकीकृत समाजवादीले १० औँ जिल्ला अधिवशेनको लोगो सार्वजनिक गरेको छ । आइतबार हुम्लाको सदरमुकामा सिमकोटमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको लोगो चंखेली हिमाल,कस्तुरी मृग,खार्पु दोभका कर्णाली नदी र कम्युनिस्ट पार्टीको झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्युरो सदस्य ताथ हुम्ला जिल्ला ईन्चार्ज हस्तबहादुर शाही स्थाईले नेपालको राजनितिक घटनाक्रमा देखिएको स्थानीय, प्रदेश र संघीय सरकारबाट प्राप्त हुने योजना र बजेटमा समेत कमीशसनको खेल हुने गरेको नेतानै भ्रस्टचारी भएकाले सबै खबरदारी गर्नुपर्ने अबस्था आएको बताए । “सुशासन रोजगारी, समाजवादको तयारी” भन्ने मुल नाराका साथ नेपालको वर्तमान राजनीतिक परिस्थिति लगायत जनजीविकाका सवालका उठान गर्नु पर्ने बताए ।
जिल्ला अधिवेशन बैशाख २० गते अदनचुली गाउँपालिकाको श्रीनगरमा आयोजना हुने तय गरेको छ । विशेषगरी रोजगारी र सुशासनलाई राजनीतिको प्रमुख मुद्दा बनाउनुपर्ने क्षेत्रमा सकारात्मक हस्तक्षेपको संकल्पका साथ जिल्लाअधिवेशन आयोजना गर्न लागिएको एकीकृत समाजवादीले जनाएको छ ।
पत्रकार सम्मेलनमा पार्टी सचिव कमल छत्यालले प्रेस विज्ञप्ति वाचन गरेका गरे भने पछिलो राजनितिक परिवर्तन संगै जिल्ला पार्टीको अवस्था, जनजीविकाका सवाल र अन्य सान्दर्भिक विषयहरुमा समाजवादी नेताहरु संन्चारकर्मिले सोधिएको प्रश्नको जवाफा दिएका थिए ।
नेकपा एस हुम्लाको १०औं अधिवेशनको लोगो सार्वजनिक जिल्ला अध्यक्ष जोशी धामी, पोलिटब्युरो सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज हस्तबहादुर शाही, केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्मा, केन्द्रीय सदस्य तथा चंखेली गापाका उपाध्यक्ष प्रेमकला शाही, सचिव कमल छत्याल तथा प्रचार विभाग प्रमुख कर्ण रोकायाले संयुक्तरुपमा गरेका छन् ।
नेकपा एसले नवनिर्वाचित नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष लगायतका कार्य समिति र विभिन्न दलमा आवद्ध पत्रकार संगठनका नवनिर्वाचित पदाधिकारीहरुलाई खादा लगाएर सम्मान गरेको थियो ।