पत्रकार महासं हुम्लाको बैठक धार्मिक पर्यटकीय स्थलको प्रबद्र्धनका लागि रलिङ्ग गुम्बामा

फिल्को मिसन

चैत ३१,२०८१
हुम्ला । नेपाल पत्रकार महासंघ हुम्लाले आफ्नो नियमित बैठक लाई धार्मिक तिर्थस्थल रलिङ्ग गुम्बामा आयोजान गरेको छ ।
जिल्लास्थित विभिन्न स्थानीय तहमा रहेका धार्मिक, पर्यटकीय स्थलको प्रबद्र्धनका लागि बैठकको आयोजना गरेको हो । जिल्लाका पर्यटकीय तथा धार्मिक दृष्टिकोणमा रहेको र नेपाली भाषा १२१३सालमा लेखिएको ताम्रापत्र भेटिएको महत्वपूर्ण मानिने क्षेत्रमा पुगेर त्यस क्षेत्रको सम्भावना र समस्याहरुलाई उजागर गर्ने उदेश्यले महासंघको तेस्रो बैठकमा आफ्नो नितिगत निर्णयगर्दै बैठक सदरमुकाम बाहिर गर्न थालेको हो ।
महासंघले पहिलो पटक शनिवार हुम्लाको धार्मिक पर्यटकीय क्षेत्र रलिङ्ग गुम्बामामा पुगेर नियमित बैठक तथा अबलोकन भम्रण सम्पन्न गरेको छ । महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतको नेतृत्वमा पुगेका शाखाका पदाधिकारी लगायतका सदस्यहरुले बौद्धर्धलम्बी,हिन्दु धर्मकोलागि पवित्र स्थल रलिङ्ग गुम्बा र त्यस क्षेत्रमा भएका प्रटकीय तथा धार्मिक महत्वको बारेमा स्थलगत अध्ययन समेत गरेका छन् ।


सिमकोट गाउँपालिका वडानं २ मा पर्ने रलिङ्ग गुम्बा धार्मिक तिर्थस्थल अर्थता मिनी कैलाश भनेर मानिने क्षेत्रलाई समेटिएको समुन्द्री सतहदेखि ४ हजार ४सय मिटर उचाईमा रहेको रलिङ्ग गुम्बामा बैठक बसी त्यहाँको विकास, सम्भावना र चुनौतिहरुको बारेमा बहस बहस चलेकोे शाखाका सचिब नन्द सिंहले जानकारी दिनुभयो ।
बैठकले रलिङ्ग पदमार्गले समेटिएको यो क्षेत्र प्राकृतिक सौन्दर्यता र भौगोलिक विविधताको कारण पर्यटकीय दृष्टिकोणमा महत्पूर्ण हुने देखिएकाले त्यस क्षेत्रको विकासको लागि सम्बन्धित सरोकारवालाले छलफल चलाउने निर्याण गरेको छ ।
सदमुकाम सिमकोट बाजारक्षेत्रबाट देखिने पन्चमुखी हिमाल, च्याँङ्गला हिमाली, बोक्सी हिमाल, रलिङ्ग तिर्थस्थल नजिकै रहेको मिन कैलाश लगायतका हिमालको मनोरम दृष्य र सेतम्मै हिमाल लगायतको प्राकृतिक सौन्दर्यतालाई सञ्चार माध्ययम मार्फत प्रचार प्रसार गरि पर्यटन प्रवद्र्धनमा सघाउने महासंघका जिल्ला अध्यक्ष रावतले बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत, पूर्व अध्यक्ष अर्जुन बोहरा, उपाध्यक्ष सुरेश परियार,छपला लामा,सचिव नन्द सिंह,कोषध्यक्ष मन्दिर सिंह,र सह–सचिव भक्त राज ऐडी लगायतले अहिलेसम्म ओझेलमा परेको हुम्लाका सम्भावना बोकेका क्षेत्रमा पत्रकार महासंघको नियमित बैठक नै बस्नु उदाहरणीय काम भएको हो । पत्रकार महासंघ जिल्ला शाखाहुम्लाले उक्त कदमले त्यस क्षेत्रको प्रचार प्रसार र पर्यटन विकासमा सघाउ पुग्ने देखिन्छ ।
यस्तै शाखाको आयोजनामा पेशागत व्यावसायिक तालिम सञ्चालन गर्ने र सहयोगका लागि स्थानीय तहसँग अनुरोध गर्ने निर्णय गरिएको छ । यस्तै शाखाको भवन निमार्णको लागि सहयोग गर्न कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री जीवन बहादुर शाहीसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।

https://youtu.be/yNUiEwcwUFg?si=0QJVMRIgnb-pvP8R

प्रतिक्रिया दिनुहोस