हुम्लाको आठौं जिल्ला सभा सम्पन्न

फिल्को मिसन

चैत २८,२०८१
हुम्ला । जिल्ला समन्वय समिति हुम्लाको आठौं जिल्ला सभा सम्पन्न भएको छ । सम्पन्न जिल्ला सभाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम जिल्लामा भएको समस्य समधानको साथै संघिय सरकार, प्रदेश सरकार र विकासका साझेदारहरुसँग समन्वय गरी स्थानीय तहहरुको मागको आधारमा जनप्रतिनिधिहरु तथा विकास निर्माण कार्य कार्यक्रममा समन्वय गर्ने नीति लिएको छ ।
प्रमुख अतिथि कर्णाली प्रदेशका पूर्व मुख्य मन्त्री जिवन बहादुर शाहीले जनप्रतिनिधि साझा व्यक्तिको रुपमा उभिएर हुम्लाको विकासमा निरन्तर आफु लाग्ने र आफ्नो कार्यकालमा विकास आएको महसुस हुने बताउनुभएको छ । कार्यक्रमहरुको गुणस्तरीयता सुनिश्चित गर्न अनुगमन व्यवस्थित र नतिजामुखि बनाउनु पर्ने पूर्व मुख्य मन्त्री शाहीले बताए । जिल्लामा आवश्यकताका आधारमा नभई पहुँचका आधार योजना बाँडिदा विकास सोचे जस्तो सार्थकता नभएको र बजेट वितरण प्रणाली लाई सुधार गर्नुपर्ने जोड दिए ।
कर्णाली प्रदेशका पूर्व जलश्रोत तथा उर्जा विकास मन्त्री रणसिंह परियारले हुम्ला भौगोलिक हिसावले विकट हुँदा यहाँको विकास भरपुर हुन नसकेपनि अलि भएको बताउनुभयो । आफु प्रदेशको तीन महिने मन्त्री हुँदा कर्णालीका अन्य जिल्ला भन्दा हुम्लालाई विकास आयोजनाका बजेटमा पहिलो प्रथामिकता राखेको बताउनु भयो ।
संघ, प्रदेश, स्थानिय तहहरु र विकासका साझेदारहरुबिचमा जिससको समन्वयकारी भुमिकालाई थप प्रभावकारी र सकृय बनाउँदै सबै स्थानीय तहहरुबाट सञ्चालित योजना तथा कार्यक्रमहरुको गुणस्तरीयता सुनिश्चित गर्न अनुगमन गर्ने र नतिजामुखि बनाइने लक्ष्य लिइएको जिसस शिबराज शर्माले बताउनु भएको छ । जनप्रतिनिधि साझा व्यक्तिको रुपमा उभिएर हुम्लाकोे विकासमा निरन्तर आफु लाग्ने बताए ।
जिल्ला सभामा विभिन्न राजनीतिक दलका प्रमुखहरु, चंखेली गाउँपालिका बाहेक ६ वटा गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, हुम्लाका उप प्रमुख दलु फडेरा सन्जय, जिल्ला समन्वय समितिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकतहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु साथ संघसंस्था प्रतिनिधि र पत्रकारहरु सभामा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस